काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।
लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्। लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। यदि यो समयभित्र आवेदन नपरेमा सर्वसाधारणका लागि सेयर बिक्रीमा राखिने संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।