काठमाण्डौ । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ ।
हिन्दुहरुको प्रमुख चाड मध्ये महाशिवरात्री पर्व एक हो । आज पशुपति,डोलेश्वर तथा देशका अन्य प्रमुख शिव मन्दिरहरुमा बिहानैदेखि पूजा गर्न श्रदालु भक्तजनहरुको घुइचो हुने गर्छ । भारत लगायतका देशहरुबाट पशुपतिको दर्शन गर्न धेरै संख्यामा भक्तजन आउने गर्छन । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार रात्रिमध्ये शिवरात्रीलाई प्रमुख रात्रीका रुपमा मनाउने प्रचलन रहि आएको छ ।
शिवरात्रीमा बव्र बसी भगवान शिवको ध्यान, पूजा र जप गरिन्छ । आज शिवरात्रीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।