बिहीबार, माघ ८,२०८२ 02:14:26
Bizshala
  • बिहीबार, माघ ८,२०८२ 02:14:26
Bizshala
Global IME Bank Limited
Bizshala

बीमा कम्पनीहरुले रु.३४.७८ अर्ब दाबी भुक्तानी गर्न बाँकी, निर्जीवन बीमकको उच्च

बीमा कम्पनीहरुले रु.३४.७८ अर्ब दाबी भुक्तानी गर्न बाँकी, निर्जीवन बीमकको उच्च
Shivam Cement

काठमाण्डौ । बीमा कम्पनीहरुले पौने ३५ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको छ । नेपाल बीम प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले चालु आवको १० महिनासम्ममा ३४ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको हो ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ५१.७१ प्रतिशत बढी हो । गत आवको वैशाख मसान्तसम्म बीमा कम्पनीहरुले २२ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिन बाँकी थियो ।  

सो अवधिसम्म जीवन भन्दा निर्जीवन बीमा कम्पनीहरुमा बढी भुक्तानी गर्न बाँकी रकम बढी रहेको छ । निर्जीवन बीमा कम्पनीहरुले कुल ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिन बाँकी छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४६।८९ प्रतिशत बढी हो ।  

Bizshala
Garima Development Bank
New Office

त्यस्तै, जीवन बीमा कम्पनीहरुले पनि सो अवधिसम्म ४ अर्ब ४५ करोड रुपैयाँको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । यो बाँकी रहेको रकम गत आवको तुलनामा ९५।४२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले २ अर्ब २७ करोड रुपैयाँको दाबी भुक्तानी दिन बाँकी थियो ।  

सो अवधिसम्म बीमा कम्पनीहरुमा कुल १ लाख ५९ हजार १०१ वटा बीमाको दाबी भुक्तानी हुन बाँकी रहेको छ । जसमा जीवन बीमा कम्पनीतर्फ ५३ हजार ४८१ वटा र निजीवन बीमातर्फ १ लाख ५ हजार ६२० वटा बीमाको दाबी हुन बाँकी रहेको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

प्राधिकरणका अनुसार १० महिनासम्ममा बीमा कम्पनीहरुले ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन् । जसमा जीवन बीमकहरुले मात्रै ४८ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन् भने निर्जीवन बीमकहरुले १८ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिएका छन् ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.