शुक्रबार, असार ६,२०८२ 10:56:06
  • शुक्रबार, असार ६,२०८२ 10:56:06
Global IME Bank Limited

यो साता ५० दिने मुभिङ एभरेजबाट तल खस्यो बजार, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
यो साता ५० दिने मुभिङ एभरेजबाट तल खस्यो बजार, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर  कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ६५५.३८ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६२८.९१ विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता २६.४७ अंकले सेयर बजारमा गिरावट आयो । अघिल्लो साता भने बजार १४.४२ अंकले बढेको थियो ।  यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा ५२ अर्ब ६० करोडको सेयर कारोबार भयो । यो भनेको पछिल्लो १५ हप्ता पछिकै उच्च कारोबार हो । अघिल्लो साता ५ दिन कारोबारमा ५० अर्ब ४१ करोडको सेयर कारोबार भएको थियो ।

यो साता बजार पूँजीकरण ४३ खर्ब ७९ अर्ब रह्यो । अघिल्लो साता यस्तो बजार पूँजीकरण ४४ खर्ब २३  अर्ब थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताहरुको सम्पत्ति ४४ अर्बले घट्यो ।  

मुभिङ एभरेजका आधारमा  

मुभिङ एभरेज भन्नाले खास गरी मुभ हुँदै एभरेज निकाल्ने विधिलाई बुझिन्छ । कति दिनको औषत गणना गर्ने हो भन्ने विशेषगरी कति समयको उतारचढावलाई हेर्ने हो भन्ने कुराले निर्धारण गर्छ ।  

छोटो समयको उतारचढावलाई हेर्ने हो भने विशेषगरी कम समयको तथ्यांकको समूहलाई आधार बनाई औसत निकालिन्छ ।  

त्यसैगरी मध्यमस्तर तथा दीर्घकालीन समयका लागि लामो समयको तथ्यांकको औषत निकालिने गरिन्छ । यो साताको बजारलाई ५० दिने र २०० दिने  मुभिङ एभरेजका आधारमा बजारलाई नियाल्दा यस अघि नै बजारले २०० दिने रेखाबाट तल खसेको थियो । तर यो साता पनि बजार ५० दिने रेखाबाट तल खसेको देखिन्छ । यसले बजारमा अझै केही साता बिक्री दबाब आउन सक्ने अनुमान लगाउन सकिन्छ ।

 

CG Motors
Muktinath Bikas Bank Limited

इचिमोकू क्लाउड  

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । यदि मूल्य रेखाहरु क्वाउड पोजिसन भन्दा माथि चलेमा बजार बुल र तल चलेमा बियरिस भन्ने बुझिन्छ । यस आधारमा पनि यो साताको बजार क्लाउड भन्दा तल खसेको छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९४१

प्रतिरोध २ – २८५६

प्रतिरोध १–  २७७४

पिभट् प्वइन्टः २६८९

घटेमा सपोर्ट

सपोर्ट १– २६०८

सपोर्ट २– २५२३

सपोर्ट  ३ –२४४१

निष्कर्षः यो साता नेप्सेमा करिब २६.४७ अंकको गिरावट आयो । अघिल्लो साता बजार  १४.४२ अंकले बढेको थियो । पिभट् मार्फत नियाल्दा यो साता पनि बजार पिभट् प्वइन्ट २६८९ भन्दा तल बन्द भएको छ । विभिन्न इन्डिकेटरहरुबाट नियाल्दा पनि बजार साइडवेजमा चलेको देखिन्छ । कारोबार तथा भोल्युमबाट हेर्दा यो साता बजारमा १५ हप्ता पछिकै उच्च कारोबार भएको छ । बजारलाई मुभिङ एभरेजबाट नियाल्दा भने बजार यो साता ५० दिने रेखाबाट तल खसको छ । यस्ता रेखाहरुले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोधको काम गरेका हुन्छन् । घट्दो बजारमा यो विन्दुबाट तल खस्नु भनेको बजार केही कमजोर बन्दै छ भन्ने हो ।  

क्षेत्रगत रुपमा यो साताको बजारलाई नियाल्दा होटल्स् र उत्पादन बाहेक सबै क्षेत्रमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.