काठमाण्डौ । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ। विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटर स्पोर्ट्सर संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ। यस वर्ष, यामाहाले “Bridging Old and New, Through Kando Actions”भन्ने मूल नारासहित ७० औं वार्षिकोत्सव मनाउँदैछ।
नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक बनेको कम्पनीले जनाएको छ । यसले यामाहाको गौरवशाली इतिहास मात्र होइन, पुस्तौँदेखि नेपाली राइडरहरूसँग गाँसिएको बलियो सम्बन्धलाई पनि सम्मान गरिरहेको कम्पनीले उल्लेख गरेको छ ।
यस वर्षको उत्सव विभिन्न सामाजिक तथा वातावरणीय उद्देश्यसहित सम्पन्न भइरहेको छ। एमएडब्लू फाउन्डेसनको संयोजनमा नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रमदेखि फ्याक्ट्री परिसरमा गरिएको वृक्षारोपण अभियानले यामाहाको दिगोपनप्रतिको प्रतिबद्धतालाई उजागर गर्दछ। यस्तै, यामाहा ब्लुस्ट्रिक्स राइडआउटको समापन पनि एक विशेष सामुदायिक सेवामुलक गतिविधिबाट हुनेछ, जसले समाजप्रति यामाहाको जिम्मेवारीलाई पुनः पुष्टि गर्छ।देशभरिका सबै शोरूमहरूमा केक काट्ने कार्यक्रमका साथसाथैसडक सुरक्षा तालिमहरू पनि आयोजना गरिनेछन्। यस अवसरमा यामाहा नेपालले यो ७० वर्षको यात्रा केवल एक उत्सव मात्र नभई, हामी सबैको साझा उद्देश्य र जोशको प्रतीक बनोस् भन्ने चाहनाका साथ आफ्ना ग्राहक, शुभेच्छुक, सरोकारवाला र समुदायलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको छ।
यामाहा नेपालका सीइओ दीपक अग्रवालले गर्वका साथ भने, ‘यामाहाले ७० वर्षको गौरवपूर्ण यात्रा पूरा गरिरहँदा नेपालमा यसको यात्रा विश्वासको जगमा आधारितरहँदै इनोभेसनले सञ्चालित विश्वव्यापी भावनाको साहसिक प्रतिबिम्ब बनेको छ। नेपालको विविध भूगोल र पुस्ताहरुका बीच यामाहा केवल मोटरसाइकल होइन, यो स्वतन्त्रता, भरोसा र प्रगतिको प्रतीक बनेको छ। इतिहासको गौरव र भविष्यप्रतिको विश्वासका साथ हामी दुईपाङ्ग्रे सवारी साधनको नयाँ युग निर्माणमा अगाडि बढिरहेका छौं। हामी सबै यामाहाप्रयोगकर्ता, शुभचिन्तक, साझेदार र सरोकारवालाहरूलाई सँगै मिलेर यो विशेष दिनलाई अझ विशेष बनाउन आह्वान गर्दछौं।’