बुधबार, माघ २३,२०८१ 12:46:21
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:46:21
IME remit
Global IME Bank Limited

अर्तनादको गीत ‘लडिराछु’ टुबोर्ग र्यापस्टारमा सार्वजनिक(भिडियोसहित)

Hyundai Nepal
अर्तनादको गीत ‘लडिराछु’ टुबोर्ग र्यापस्टारमा सार्वजनिक(भिडियोसहित)
Nabil Bank Limited

अर्तनाद, स्टेज नामले प्रचलित बालकृष्णको गीत ‘लडिराछु’ रेडियो नागरिकको युट्युब च्यानल मार्फत सञ्चालित टुबोर्ग र्यापस्टारमा सार्वजनिक भएको छ । 

नेपालमा र्याप संगीतको बढावाका लागि टुबोर्ग र्यापस्टार एक अदितिय शो रहेको छ जसमा, र्याप संगीतमा ईच्छुक रहेका १८ देखि ३५ सम्म उमेरकाहरु सहभागी हुन सक्छन् । 

 

जनवरी ३, २०२० मा पहिलो गीत सार्वजनिक गरी सुरु भएको टुबोर्ग र्यापस्टारले प्रतिभाशाली र्याप कलाकारहरुलाई आफ्नो प्रतिभा पेश गर्ने माध्यम प्रदान गर्ने लक्ष्य राखेको छ । विजयी र्यापरहरुको प्रस्तुती प्रस्तुत गर्ने मात्र नभई उनीहरुलाई अनुभवी कलाकारहरुसँग सिक्ने, म्युजिक भिडियो बनाउने र अरु प्लाटफर्महरुमा बढावा गर्ने पनि टुबोर्ग र्यापस्टारले गर्दछ । धेरै दर्शकहरुमाझ पहुँच पुराउने उद्देश्यका साथ नेपाल रिपब्लिक मिडियाको नागरिक नेटवर्कसँग सहकार्य गरिएको छ ।

धेरै दर्शकहरुमाझ पहुँच पुराउने उद्देश्यका साथ नेपाल रिपब्लिक मिडियाको नागरिक नेटवर्कसँग सहकार्य गरिएको छ ।

अर्तनाद टुबोर्ग र्यापस्टारको दोस्रो विजेता हुन् । भक्तपुरका अर्तनादले १४ वर्षको उमेरदेखि र्याप गर्न थालेका हुन् । उनको नाम अर्तनादको अर्थ भित्री आवाज रहेको छ र उनको प्राय गीतहरु उनले वरिपरि समाजमा देखेको र भोगेको कुराहरु बारेमा रहेको छ । उनको गीत ‘लडिराछु’ मा समाजले राख्ने आशाहरु र त्यसले हरेकलाई दिएको पीडाहरुको बारेमा व्यक्त गरिएको छ ।

र्याप संगीतमा ईच्छुक रहेकाहरुले रेडियो नागरिकले प्रत्येक महिना निर्माण गरी आफ्नो युट्युब च्यानलमा रिलिज गरेको बिटमा आफ्नो गीत रेकर्ड गरी पठाउन सक्छन् । निर्णायकहरु मानस घले, बुलेट फ्लो/सुरज विक्रम थापा, सुजन जोशी तथा नेपाली र्याप क्षेत्रका केही हस्तीहरुले प्रत्येक महिना सबै सहभागीहरुलाई मूल्यांकन गरी एक विजेता चयन गरिरहेका छन् । उक्त विजयीहरुलाई अनुभवी तथा व्यवसायिक कम्पोजर र संगीतकारहरुको सहयोगमा आफ्नो गीतको पूरा संस्करण रेकर्ड गर्न बोलाईएको छ । विजयीसँग फिचर भिडियो पनि हुनेछ जुन रेडियो नागरिकको युट्युब च्यानलमा रिलिज हुनेछ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर, बैभब शर्मा भन्छन्, “संगीत प्रेमीहरुका लागि केही विशेष गर्न हामी निकै उत्सुक छौ । र्याप संगीत विश्वभर रुचाईएको संगीत शैलीहरु मध्ये एक रहेको र नेपालमा पनि मन पर्ने संगीतको शैलीमा परिणत भइरहेको छ । प्रतिभाशाली र्यापरहरुलाई आफ्नो प्रतिभा देखाउने र बढ्ने एउटा उचित माध्यम बन्ने टुबोर्ग र्यापस्टारको लक्ष्य रहेको छ । संगीतको बेजोड रुपमा बढावा गर्दै आईरहेको टुबोर्गले र्याप संगीत र उद्योगको बढवाको लागी रेडियो नागरिकसँग सहकार्य गरिएको छ ।”

Bizshala
CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
अर्तनादको गीत ‘लडिराछु’ टुबोर्ग र्यापस्टारमा सार्वजनिक(भिडियोसहित)

कृष्ण कटुवाल

 

Sample Text Bizshala.com, operated by SOS Media Pvt. Ltd. is established in nepalese news industry as a pioneer of online business, economic and financial news. Bizshala principally covers news regarding economic activity, financial statuatus, fluctuation, share market, currency, corporate, automobile industry and every other activities directly or indirectly related to economy. Dedicated to economic awareness and excellence.

IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.