काठमाण्डौ । एनआइसी एशिया बैंक नेपालका २० वाणिज्य बैंकहरु मध्ये एक हो । एनआईसी एशिया बैंकले मुलुकभर रहेका ३६२ शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस बैंकले निक्षेप तथा कर्जा परिचालन , रेमिट्यान्स र मोबाइल बैंकिङ जस्ता सेवा दिँदै आएको छ ।
आधारभूत पक्षः
यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको चुक्तापूँजी १४ अर्ब ९१ करोड रहेको छ भने जगेडा कोषमा १८ अर्ब ३८ करोड २२ लाख रुपैयाँ रहेको छ । यस्तै रिटेन्ड अर्निङ भने ३ अर्ब ५७ करोडले ऋणात्मक छ । बैंकको कुल पूँजी २९ अर्ब ७३ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको खुद मुनाफा १५ करोड ६७ लाख रहेको छ भने प्रतिसेयर आम्दानी(ईपीएस)१ रुपैयाँ ४० पैसा , बुक भ्यालु १९९ रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात ५.७५ प्रतिशत छ ।
प्राविधिक पक्षः
स्मार्ट मनी कन्सेप्टको आधारमाः
स्मार्ट मनी कन्सेप्ट भनेको ’स्मार्ट मनी’ले प्रयोग गर्ने ट्रेडिङ रणनीतिहरू हुन् । स्मार्ट मनी भनेका जानकार तथा वित्तीय व्यवसायीहरू हुन् । जस्तै बैंक, हेज फण्ड, म्युचुअल फण्ड र पेन्सन फण्ड जस्ता बिग मनी स्मार्ट मनी अन्तर्गत पर्छन । स्मार्ट मनीले कम्पनीको सेयर मुल्यलाई प्रभावित पार्न सक्छन् ।
यस आधारमा बैंकको सेयर मूल्यलाई नियाल्दा पछिल्लापटक सेयर मुल्यले ३४० को मुल्यमा डबल बटम बनाएको देखिन्छ । अर्थात यो मूल्यबाट घट्न रोकिएर बढ्न थालेको देखिन्छ । स्मार्ट मनी कन्सेप्टको आधारमा यो मूल्यबाट चेन्ज अफ क्यारेक्टर बनाएको देखिन्छ । यसले सेयरको मुल्यले रिभर्सल लिँदै गरेको बुझिन्छ ।
फियर एण्ड ग्रिड इन्डेक्स
फियर एण्ड ग्रिडको आधारमा यो बैंक हाल ८० को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलको देखिन्छ । यसले बैंकको सेयरप्रति लगानीकर्ताको अधिक आकर्षण बढेको भन्ने बुझिन्छ । बैंकको ५२ साताको उच्च मुल्य प्रतिकित्ता ५५२ र न्यून मुल्य ३३५ रुपैयाँ रहेको छ । बैंकको सेयर ब्रोकर नम्बर ५८, ४२ र ६ बाट उच्च होल्डिङ रहेको देखिन्छ । विभिन्न म्युचुअल फण्डहरुसँग २० लाख कित्ता भन्दा धेरै होल्डिङ रहेको देखिन्छ ।

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो बैंक हाल अपर ब्याण्डमा चलेको देखिन्छ । यसले लामो समय साइडवेज रहेको बैंकको सेयर मूल्यले बिस्तारै गति लिँदै गरेको ब्ुझिन्छ । म्याक्डीमा बुलिस क्रसओभर चलेको देखिन्छ भने हिस्टोग्राम पनि सकरात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई भने ओभर बट जोन ७६ को तहमा पुगको छ । यसले अल्पकालमा समान्य करेक्सनको सम्भावना रहन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ४१४
प्रतिरोध २ – ३९४
प्रतिरोध १– ३८१
पिभट् प्वइन्टः ३६२
घटेमा सपोर्ट
सपोर्ट १– ३४९
सपोर्ट २– ३२९
सपोर्ट ३ –३१६

निष्कर्षः आधारभूत रुपमा यो बैंकको अवस्था सन्तोषजनक देखिन्छ । बैंकको पूँजी भन्दा बढी जगेडा कोष रहेको छ । बुक भ्यालु १९९ रुपैंया रहेको छ । बैंकको रिर्टन अन इक्विटी , प्रतिसेयर आम्दानी र खराब कर्जामा भने सुधार आबश्यक देखिन्छ । दोस्रो बजारमा यो बैंकको सेयर मुल्यले बनाएको चार्टलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा चेन्ज अफ क्यारेक्ट बनाएको देखिन्छ ।
अर्थात यस बैंकको सेयरमा केही स्मार्ट मनीको प्रबेश भएको देखिन्छ । जसलाई डबल बटम प्याट्रले थप पुष्टि गरेको छ । यस आधारमा यो बैंकको सेयर मुल्य अल्पकालिन रुपमा केही करेक्न लिँदै दीर्घकालमा भने बुलिस चल्न सक्छ । फियर एण्ड ग्रिड इन्डेक्समा भने यो बैंकको सेयरभाउ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।