सोमबार, श्रावण १८,२०८३ 10:17:58
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:17:58
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकको सेयरमूल्य ‘बुलिस सेन्टिमेन्टमा’, कस्तो रहला आगामी यात्रा ?

एनआईसी एशिया बैंकको सेयरमूल्य ‘बुलिस सेन्टिमेन्टमा’, कस्तो रहला आगामी यात्रा ?
New Office

काठमाण्डौ । एनआइसी एशिया बैंक नेपालका २० वाणिज्य बैंकहरु मध्ये एक हो । एनआईसी एशिया बैंकले मुलुकभर रहेका ३६२ शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस बैंकले निक्षेप तथा कर्जा परिचालन , रेमिट्यान्स र मोबाइल बैंकिङ जस्ता सेवा दिँदै आएको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको चुक्तापूँजी १४ अर्ब ९१ करोड रहेको छ भने जगेडा कोषमा १८ अर्ब ३८ करोड २२ लाख रुपैयाँ रहेको छ । यस्तै रिटेन्ड अर्निङ भने ३ अर्ब ५७ करोडले ऋणात्मक छ । बैंकको कुल पूँजी २९ अर्ब ७३ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको खुद मुनाफा १५ करोड ६७ लाख रहेको छ भने प्रतिसेयर आम्दानी(ईपीएस)१ रुपैयाँ ४० पैसा , बुक भ्यालु १९९ रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात ५.७५ प्रतिशत छ ।  

प्राविधिक पक्षः  

स्मार्ट मनी कन्सेप्टको आधारमाः  

स्मार्ट मनी कन्सेप्ट भनेको ’स्मार्ट मनी’ले प्रयोग गर्ने ट्रेडिङ रणनीतिहरू हुन् । स्मार्ट मनी भनेका जानकार तथा वित्तीय व्यवसायीहरू हुन् । जस्तै बैंक, हेज फण्ड, म्युचुअल फण्ड र पेन्सन फण्ड जस्ता बिग मनी स्मार्ट मनी अन्तर्गत पर्छन । स्मार्ट मनीले कम्पनीको सेयर मुल्यलाई प्रभावित पार्न सक्छन् ।  

यस आधारमा  बैंकको सेयर मूल्यलाई नियाल्दा पछिल्लापटक सेयर मुल्यले ३४० को मुल्यमा डबल बटम बनाएको देखिन्छ । अर्थात यो मूल्यबाट घट्न रोकिएर बढ्न थालेको देखिन्छ । स्मार्ट मनी कन्सेप्टको आधारमा यो मूल्यबाट चेन्ज अफ क्यारेक्टर बनाएको देखिन्छ । यसले सेयरको मुल्यले रिभर्सल लिँदै गरेको बुझिन्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिडको आधारमा यो बैंक हाल ८० को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलको देखिन्छ । यसले बैंकको सेयरप्रति लगानीकर्ताको अधिक आकर्षण बढेको भन्ने बुझिन्छ । बैंकको ५२ साताको उच्च मुल्य प्रतिकित्ता ५५२ र न्यून मुल्य ३३५ रुपैयाँ रहेको छ । बैंकको सेयर ब्रोकर नम्बर ५८, ४२ र ६ बाट उच्च होल्डिङ रहेको देखिन्छ । विभिन्न म्युचुअल फण्डहरुसँग २० लाख कित्ता भन्दा धेरै होल्डिङ रहेको देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो बैंक हाल अपर ब्याण्डमा चलेको देखिन्छ । यसले लामो समय साइडवेज रहेको बैंकको सेयर मूल्यले बिस्तारै गति लिँदै गरेको ब्ुझिन्छ । म्याक्डीमा बुलिस क्रसओभर चलेको देखिन्छ भने हिस्टोग्राम पनि सकरात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई भने ओभर बट जोन ७६ को तहमा पुगको छ । यसले अल्पकालमा समान्य करेक्सनको सम्भावना रहन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ४१४

प्रतिरोध २ – ३९४

प्रतिरोध १–  ३८१

पिभट् प्वइन्टः ३६२

घटेमा सपोर्ट

सपोर्ट १– ३४९

सपोर्ट २– ३२९

सपोर्ट  ३ –३१६

निष्कर्षः आधारभूत रुपमा यो बैंकको अवस्था सन्तोषजनक देखिन्छ । बैंकको पूँजी भन्दा बढी जगेडा कोष रहेको छ । बुक भ्यालु १९९ रुपैंया रहेको छ । बैंकको रिर्टन अन इक्विटी , प्रतिसेयर आम्दानी र खराब कर्जामा भने सुधार आबश्यक देखिन्छ ।  दोस्रो बजारमा यो बैंकको सेयर मुल्यले बनाएको चार्टलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा चेन्ज अफ क्यारेक्ट बनाएको देखिन्छ ।  

अर्थात यस बैंकको सेयरमा केही स्मार्ट मनीको प्रबेश भएको देखिन्छ । जसलाई डबल बटम प्याट्रले थप पुष्टि गरेको छ । यस आधारमा यो बैंकको सेयर मुल्य अल्पकालिन रुपमा केही करेक्न लिँदै दीर्घकालमा भने बुलिस चल्न सक्छ । फियर एण्ड ग्रिड इन्डेक्समा भने यो बैंकको सेयरभाउ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.