काठमाण्डौ । एलन मस्कको कम्पनी एक्स एआईले बालबालिकाका लागि सुरक्षित र प्रयोगकर्तामैत्री एआई एप लन्च गर्ने तयारी गरेको छ । मस्कले आइतबार यसबारे घोषणा गर्दै नयाँ एप ‘बेबी ग्रोक’ चाँडै लन्च गरिने बताए ।
यो एप बालबालिकाका लागि पूर्ण रूपमा सुरक्षित र उनीहरूको उमेर अनुसार सामग्री उपलब्ध गराउने मस्कले बताए । बेबी ग्रोक पूर्ण रूपमा बालबालिकाका लागि डिजाइन गरिनेछ, जसले ‘ऐज एप्रोप्रियट’ क्युरेटेड कन्टेन्ट प्राप्त हुनेछ र कुनै पनि एडल्ट वा संवेदनशील सामग्रीलाई रोक लगाउनेछ ।
एपमा अभिभावकहरूका लागि पनि नियन्त्रण हुनेछ, त्यसैले उनीहरूले एपको प्रयोग र सेटिङहरू निगरानी गर्न सक्नेछन् । यसअघि एक्सएआईले आफ्नो एआई च्याटबोट ग्रोकमा नयाँ फिचर लञ्च गरेको थियो, जसलाई ‘कम्पेनियन्स’ नाम दिइएको थियो। यसमा दुई एनिमेटेड क्यारेक्टरहरू छन्– फ्लर्टी जापानी एनिमे क्यारेक्टर ‘एनी’ र क्रोधित रेड पान्डा ‘ब्याड रुडी’ ।
यी दुवैले प्रयोगकर्ताहरूसँग अन्तरक्रिया गर्न सक्छन्, तर तिनीहरूको व्यवहारले विवाद सिर्जना गरेको छ।