शुक्रबार, असार १३,२०८२ 02:25:31
  • शुक्रबार, असार १३,२०८२ 02:25:31
Global IME Bank Limited

सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा,सेयरधनीलाई छैन लाभांशको अजेण्डा

Hyundai Nepal
सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा,सेयरधनीलाई छैन लाभांशको अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले २७ औं साधारण सभा डाकेको हो ।  

उक्त सभामा आगामी चैत २३ गते ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।  

उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा संस्थाको नियमावलीको नियम १९(४)मा संशोधन गर्ने तथा सो का लागि नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोहि बमोजिम गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.