बिहीबार, श्रावण २८,२०८३ 03:06:19
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 03:06:19
Bizshala
Global IME Bank Limited

लगातार ४ साता बढेको बजारमा लाग्यो ब्रेक, के बुल सकिएकै हो त ?

Prabhu Bank Limited
लगातार ४ साता बढेको बजारमा लाग्यो ब्रेक, के बुल सकिएकै हो त ?
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर  कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो ।  

अघिल्लो साता २ हजार ९८२.६४ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ९२२.६३ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ६०.०१ अंकले घट्यो । अघिल्लो साता नेप्से ११२ अंकले बढेको थियो ।  

यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा ९६ अर्ब ८९ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता भने ९५ अर्ब ९४ करोडको कारोबार भएको थियो । यस हिसाबले यो साता बजारमा कारोबार बढ्यो तर सूचकमा भने गिरावट आयो । यो साता बजार घट्दा बजार पूँजीकरण ४८ खर्ब ७६ अर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताहरुको सम्पति १ खर्ब १ अर्बले घट्यो ।  

प्राविधिक पक्ष  

इलिअट वेभ

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

हालको बजारलाई लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र कारोबार रकम समेतको आधारमा हेर्दा हालको करेक्सन माइनर डिग्रीको वेभ ४ नै हो । पछिल्लो पटक असार १५ देखि करिब २६ सय विन्दुबाट सुरु भएको एउटा बजारको गति यो साता ३ हजार २८ को विन्दुसम्म पुगेर तेस्रो वेभ सकियो ।  

त्यसपछि यो साताको अन्तिम कारोबारमा बजारले चौंथो वेभको करेक्सन सुरु गरेको देखिन्छ । इलिअट वेभको सिद्धान्तअनुसार चौंथो वेभ ३८ देखि ५० प्रतिशतसम्म करेक्सन हुन्छ भन्ने सिद्धान्तको आधारमा आगामी साता बजारले २८५० देखि २८९० विन्दुसम्मको कुनै पनि विन्दुमा सपोर्ट लिन सक्छ । त्यसपछि बजारमा पाँचौ वेभको यात्रा तय हुन सक्नेछ । जुन एक्सटेन्डेड फाइब वेभले बजारले अगष्ट महिनाभरमा नयाँ उचाइ लिन सक्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो साता बजारले अपर ब्याण्डलाइ छोडेर मध्य ब्याण्डतर्फ आकषित भएको छ । म्याक्डीबाट नियाल्दा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ८० को तहबाट खसेर हाल ६३ को विन्दुमा चलेको देखिन्छ । समग्रमा बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा अल्पकालिन करेक्सन हुँदै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३१६६

प्रतिरोध २ – ३०७९

प्रतिरोध १–  ३०३०

पिभट् प्वइन्टः २९४४

घटेमा सपोर्ट

सपोर्ट १– २८९५

सपोर्ट २– २८०८

सपोर्ट  ३ –२७६०

निष्कर्षः यो साताको पाँच कारोबारमा नेप्से ६० अंकले घट्यो । अघिल्लो साता भने बजार ११२.०१ अंकले बढेको थियो । पछिल्लो समय नेप्सेमा २६ सय विन्दुबाट लगातार ४ सातासम्म सुधार आएको थियो । तर यो साता भने नेप्सेको बढोत्तरीमा ब्रेक लागेको छ ।  

साप्ताहिक रुपमा यो साता नेप्सेमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । पिभट् मार्फत नियाल्दा यो साताको बजार पिभट् प्वइन्टभन्दा तल खसेर बन्द भएको छ । त्यसैगरि, बजारलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा वियरिस चेञ्ज अफ क्यारेक्टर तथा ब्रेक अप स्टक्चर बनाइ हालेको अबस्था छैन ।  

कारोबार तथा भोल्युमबाट नियाल्दा पनि २० दिने मुभिङ एभरेज रेखा भन्दा माथि नै रहेको छ । इलिअट वेभबाट नियाल्दा चौंथो वेभको करेक्सन चल्दै गरेको देखिन्छ । आगामी कारोबारहरुमा पाँचौ वेभको बढोत्तरीले बजारले थप उचाई लिन सक्ने सम्भावना रहन्छ ।  

यस हिसाबले हेर्दा यो साताको बजारमा एउटा बुलभित्रको करेक्नस चलेको र बुल सकियो भन्न अहिले नै हतार पनि हुनसक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.