मंगलवार, आश्विन १३,२०८३ 09:18:08
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:18:08
Bizshala
Global IME Bank Limited

नबिल बैंकको लाभांश क्षमता ५४.८७% ले बढ्यो, खुद ब्याज आम्दानी र नाफामा समेत बढोत्तरी

Bizshala
नबिल बैंकको लाभांश क्षमता ५४.८७% ले बढ्यो, खुद ब्याज आम्दानी र नाफामा समेत बढोत्तरी
New Office

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो लाभांश क्षमता ५४.८७ प्रतिशतले बढाएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म लाभांश क्षमता १७.६४ प्रतिशत पुर्याएको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म भने ११.३९ प्रतिशतमात्रै थियो ।  

बैंकको वितरणयोग्य मुनाफा समेत ५४.८२ प्रतिशतले बढ्दै ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ६ अर्ब १९ करोड खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिसम्म भने ७ अर्ब १२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यसरी बैंकको खुद नाफामा १५.०१ प्रतिशतको सुधार आएको छ ।  

यस्तै बैंकले यो अवधिसम्म १६ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने बैंकले १६ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी १५ अर्ब ६७ करोड रुपैयाँबाट बढेर १८ अर्ब ६० करोड र सञ्चालन मुनाफा ८ अर्ब ६४ करोडबाट वृद्धि भएर १० अर्ब ८४ करोड पुगेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रिटेन्ड अर्निङ ५४.८२ प्रतिशतले बढाएको बैंकको रिजर्भमा ३१ अर्ब ९० करोड रुपैयाँ सञ्चित रहेको छ ।  

यो अवधिमा बैंकको निक्षेप संकलन १३.५३ प्रतिशतले बढेर ५ अर्ब २४ अर्ब पुगेको छ । कर्जा प्रवाह पनि १०.४९ प्रतिशतले बढेर ४ खर्ब १२ अर्ब पुगेको छ । बै.कले इम्पेयरमेन्ट चार्ज घटाएको छ । अघिल्लो आवमा ४ अर्ब ६३ करोड रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ३९ करोड रुपैयाँमा सीमित बनेको छ ।  

बैंकको खराब कर्जा अनुपात ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ । यस्तै बैंकको कस्ट अफ फण्ड ५.८६ प्रतिशतबाट घटेर ४.४१ प्रतिशतमा सीमित बनेको छ ।  

यस बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । अघिल्लो आवमा चौथो त्रैमाससम्म २२.९० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २६.३४ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.५५ गुणा र तरलता अनुपात २७.३१ प्रतिशत कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.