सोमबार, भाद्र १,२०८३ 12:19:26
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 12:19:26
Bizshala
Global IME Bank Limited

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कमायो रु.६८.८६ नाफा, लाभांश क्षमता १३.९६%

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कमायो रु.६८.८६ नाफा, लाभांश क्षमता १३.९६%
New Office

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ६८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा ०.४८ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा बैंकले ६८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सु्धार देखिएको हो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ पुगेको छ, जुन यो ९.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३५ करोड २ लाख रुपैयाँ थियो । गत आवमा बैंकको निक्षेप संकलन ८.८१ प्रतिशत बढेर ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन ९.४८ प्रतिशत बढेर ५६ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । 

Bizshala
CG Motors

बैंकको चुक्तापूँजी ४ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ ६३.०४ प्रतिशतले बढेर ६८ करापेड ४ लाख रुपैयाँ, रिजर्भ फण्डको आकार ४.९३ प्रतिशतले बढेर १ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । बैंकको खराब कर्जा ३.४३ प्रतिशतबाट बढेर ४.२४ प्रतिशत पुगेको छ भने कस्ट अफ फण्ड ४.८५ प्रतिशत, सिडि रेसियो ८२.६० प्रतिशत, बेस रेट ६.४१ प्रतिशत, स्प्रेड दर ४.१८ प्रतिशत, आरओइ ९.६५ प्रतिशत, आरओए ०.८९ प्रतिशत रहेको छ ।

बैंकको इपीएस १४.४८ रुपैयाँबाट घटेर १४.१२ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५१.४२ रुपैयाँ, पीई रेसियो ३०.५९ गुणा, तरलता अनुपात २७.३४ प्रतिशत र क्यापिटल एडुकेसी रेसियो १२.५८ प्रतिशत रहेको छ । सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ४ लाख ६० हजार रुपैयाँ रहको छ । यसर्थ बैंकको लाभांश क्षमता १३.९६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.