शनिबार, श्रावण ३१,२०८२ 05:12:43
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 05:12:43
IME remit
Global IME Bank Limited

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कमायो रु.६८.८६ नाफा, लाभांश क्षमता १३.९६%

Hyundai Nepal
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कमायो रु.६८.८६ नाफा, लाभांश क्षमता १३.९६%
Shivam Cement

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ६८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा ०.४८ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा बैंकले ६८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सु्धार देखिएको हो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ पुगेको छ, जुन यो ९.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३५ करोड २ लाख रुपैयाँ थियो । गत आवमा बैंकको निक्षेप संकलन ८.८१ प्रतिशत बढेर ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन ९.४८ प्रतिशत बढेर ५६ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको चुक्तापूँजी ४ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ ६३.०४ प्रतिशतले बढेर ६८ करापेड ४ लाख रुपैयाँ, रिजर्भ फण्डको आकार ४.९३ प्रतिशतले बढेर १ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । बैंकको खराब कर्जा ३.४३ प्रतिशतबाट बढेर ४.२४ प्रतिशत पुगेको छ भने कस्ट अफ फण्ड ४.८५ प्रतिशत, सिडि रेसियो ८२.६० प्रतिशत, बेस रेट ६.४१ प्रतिशत, स्प्रेड दर ४.१८ प्रतिशत, आरओइ ९.६५ प्रतिशत, आरओए ०.८९ प्रतिशत रहेको छ ।

बैंकको इपीएस १४.४८ रुपैयाँबाट घटेर १४.१२ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५१.४२ रुपैयाँ, पीई रेसियो ३०.५९ गुणा, तरलता अनुपात २७.३४ प्रतिशत र क्यापिटल एडुकेसी रेसियो १२.५८ प्रतिशत रहेको छ । सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ४ लाख ६० हजार रुपैयाँ रहको छ । यसर्थ बैंकको लाभांश क्षमता १३.९६ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.