शनिबार, असार १३,२०८३ 03:37:38
Bizshala
  • शनिबार, असार १३,२०८३ 03:37:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पिंक टुरिजम कन्फ्रेन्सका लागि एम्बेसडर र स्टार प्रमोटर घोषणा

Laxmi Sunrise Bank Limited
पिंक टुरिजम कन्फ्रेन्सका लागि एम्बेसडर र स्टार प्रमोटर घोषणा

काठमाण्डौ । मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई एम्बेसडर घोषणा गरेको छ। नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ एम्बेसडर घोषणा भएका हुन्।  

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले टुरिजम कन्फ्रेन्समा स्टार प्रमोटर पनि घोषणा गरेको छ। पराक्रम राणा र डा. मौसम बोहरा टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका स्टार प्रमोटर घोषणा भएका हुन्।  

New Office
CG Motors
Garima Development Bank

रेहान श्रेष्ठ भिजिट नेपाल २०(२० को एम्बेसडर थिए। पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स २०२४ का लागि श्रेष्ठ एम्बेसडर घोषणा भएका हुन्। डा. मौसम बोहरा सफल महिला उद्यमी हुन्। निजी क्षेत्रलाई पिंक टुरिजम प्रमोसनका लागि सहयोगी भूमिका निर्वाह गर्नमा बोहरा लाग्ने छिन्।  

सबै मिलेर नै समावेश हुँदै कार्यक्रम सफल बनाउन लाग्नु पर्ने मार्टिनीकी कार्यकारी निर्देशक बोहराले बताइन। पराक्रम राणा कन्टेन्ट क्रियटर एवं ब्लगर पनि हुन्। उनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक फ्रेण्डली कन्ट्री बताए। यसअघि इन्टरनेसनल कन्फ्रेन्सका लागि ब्लगर लेक्स लिम्बु पनि स्टार प्रमोटर घोषणा भैसकेका छन्।  

अप्रिल २० र २१ तारिखमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनसँगै नेपालको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने मायाको पहिचान नेपालले विश्वास लिएको कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.