काठमाण्डौ । अमेरिकी उद्योगपति एलन मस्कका दुई कम्पनीले एप्पल र ओपन एआईविरुद्ध आधिकारिक रूपमा मुद्दा दायर गरेका छन् । मस्कका कम्पनीहरुले एप्पल र ओपनएआईले सम्भावित प्रतिस्पर्धीहरूबाट खतराहरू रोक्न अवैध गठबन्धन गरेको आरोप लगाएका छन् ।
अमेरिकामा, एक्स र एक्स एआईले आफ्नो अपरेटिङ सिस्टममा ओपन एआईको च्याटबट समावेश गर्ने एप्पलको कदमको विरुद्धमा मुद्दा दायर गरेका छन्। एक्सले यो प्रतिष्पर्धि नियमको उल्लंघन भएको बताएको छ ।
एक्सका मालिक एलन मस्कले यस महिनाको सुरुमा दुई ठूला कम्पनीहरू विरुद्ध यस्तै गुनासो गरेका थिए। उनले एप्पलले आफ्नो स्टोरमा ओपनएआईको र्याङकिङ पनि बढाइरहेको र यो गलत भएको बताएका थिए ।
यसबारे एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।