बिहीबार, श्रावण २१,२०८३ 02:38:20
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:38:20
Bizshala
Global IME Bank Limited

जेनजीमाथि देशभर बल प्रयोग, इटहरीमा गोली चल्यो, पोखरामा गोली लागेर ५ घाइते

जेनजीमाथि देशभर बल प्रयोग, इटहरीमा गोली चल्यो, पोखरामा गोली लागेर ५ घाइते
New Office

काठमाण्डौ । जेनजीको प्रदर्शनका क्रममा सरकारले काठमाण्डौमा मात्र नभई देशभर बल प्रयोग गरेको पाइएको छ ।  

काठमाण्डौको बानेश्वर क्षेत्रको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागी हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । डेढसय बढी घाइते छन् । 

प्रहरीले काठमाण्डौमा मात्र नभई प्रधानमन्त्रीको गृहनगर दमक, सुनसरीको इटहरी र पोखरामा समेत गोली चलाएको छ । इटहरीमा भर्खरै झडपको क्रममा प्रहरीले गोली चलाएको छ । त्यहाँ स्थानीय प्रशासनले निषेधाज्ञाको तयारी गरिरहेको छ । 

उता, पोखरामा समेत प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको छ । सो क्रममा ५ जना प्रदर्शनकारीलाई गोली लागेको छ । गोली लागी घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।  

प्रहरीको लाठी प्रहार तथा आपसी ढुंगा हानाहानबाट घाइते हुनेको संख्या ३५ रहेको कास्की प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.