मंगलवार, श्रावण ५,२०८३ 08:46:19
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 08:46:19
Bizshala
Global IME Bank Limited

गभर्नर पौडेल भन्छन्, ‘मेरो घर जल्नु दुई घण्टा अघिनै खबर बाहिरियो, कसैको दुई पैसा खाएको भए रिपोर्ट गर्नु’

गभर्नर पौडेल भन्छन्, ‘मेरो घर जल्नु दुई घण्टा अघिनै खबर बाहिरियो, कसैको दुई पैसा खाएको भए रिपोर्ट गर्नु’
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो घर जल्नु दुई घण्टा अघिनै घर जलेको खबर बाहिरिएको बताएका छन् । उनले फेसबुकमा आफ्नो जल्दै गरेको घरको भिडियो पोष्ट गर्दै स्टाटसमार्फत यस्तो बताएका हुन् ।  

जेनजी आन्दोनका क्रममा भदौ २४ गते भैसेपाटिमा रहेको गभर्नर पौडेलको घरमा आगजनी भएको थियो । ‘अस्ति यो घर जल्नु दुइ घन्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केहि भएको थिएन। पछि भने घर भित्र मानिस गए। बा आमाको फोटो, मेरी छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए,’ उनले लेखेका छन् ।  

गभर्नर पौडेलले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै  छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाच आना जग्गामा उक्त घर बनाएको बताएका छन् । ‘श्रीमती र मेरी ९ वर्षकि छोरीलाइ यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यहि बस्थ्यौ। गाडि पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरुको पहिलो खेपको कमेन्ट आएको थियो उनले लेखेका छन्, ‘भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, बिभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए। देविदेवताका मुर्ती , भियतनामि सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए। जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहि थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यहि थियो । ’

 

उनले थप लेखेका छन्, ‘राती मेरी  छोरी  र श्रीमती नजिकको एउटा घर गएर सुते। म परको अर्को ठाउँमा। मेरा साथिहरुलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाडै घर आउछु र कतै डिनर खाने गर्दिन। त्यो दिन हामी सबै शरणार्थी भयौँ। किताब र कपडाहरु धेरै भएकोले ढिलोसम्म नै घर जलिरह्यो। राति पनि केहि व्यक्तिले आएर बेलाबेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरुले सुनाए।’

उनले आफूले कसैको दुइ पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गर्न समेत भनेका छन् ।  

‘धेरै साथिहरुले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु। हिजो राति म भन्दा पनि पिडामा परेका व्यक्तिहरुको बारेमा पढेँ। त्यसैले सबैलाई  सुचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र। नयाँ सरकार बन्दै छ।  यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ,’ पौडेलले लेखेका छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.