काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले कात्तिक ११ गतेसम्म सम्पूर्र्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना जारी गर्दै भदौ २९ गतेदेखि कात्तिा ११ गतेसम्म सम्पूर्ण पठनपाठन बन्द गर्ने जानकारी दिएको हो ।
‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।