काठमाण्डौ । भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनका कारण देशैभरी ठूलो क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा मात्रै एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
प्राधिकरणका अनुसार भदौ ३० गते सम्ममा प्राप्त जेनजी प्रदर्शनको क्रममा १२ निर्जीवन बीमा कम्पनीहरुमा १५९ वटा बीमाको दाबी परेको छ ।
बीमा दाबी संख्याको आधारमा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्समा कुल ५० वटा दाबी परेको छ । कम्पनीमा ३५ करोड रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।
साथै रकमको आधारमा भने सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्समा ५० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कम्पनीमा ९ वटा बीमा दाबीको ५० करोड रुपैयाँ बराबरको दाबी परेको हो ।
त्यस्तै, ओरियन्टल इन्स्योरेन्समा १३ वटा बीमाको ३ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २० वटा बीमाको ७ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ६ वटा बीमाको २ करोड रुपैयाँ, नेको इन्स्योरेन्समा १६ वटा बीमाको ४ करोड ४५ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ३ वटा बीमाको ३ करोड १५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्समा ५ वटा बीमाको ७५ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्समा ६ वटा बीमाको ८० लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
यसका साथै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १५ वटा बीमाको ५ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्समा ११ वटा बीमाको ११ वटा बीमाको २ करोड रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा ५ वटा बीमाको २५ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।