आईतवार, श्रावण १०,२०८३ 03:52:45
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:52:45
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनको क्षतिले गण्डकी प्रदेशमा रु.१.१३ अर्ब दाबी, सबैभन्दा बढी हिमालयन एभरेष्टमा

जेनजी आन्दोलनको क्षतिले गण्डकी प्रदेशमा रु.१.१३ अर्ब दाबी, सबैभन्दा बढी हिमालयन एभरेष्टमा
New Office

काठमाण्डौ । भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनका कारण देशैभरी ठूलो क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा मात्रै एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।  

प्राधिकरणका अनुसार भदौ ३० गते सम्ममा प्राप्त जेनजी प्रदर्शनको क्रममा  १२ निर्जीवन बीमा कम्पनीहरुमा १५९ वटा बीमाको दाबी परेको छ ।  

बीमा दाबी संख्याको आधारमा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्समा कुल ५० वटा दाबी परेको छ । कम्पनीमा ३५ करोड रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।  

साथै रकमको आधारमा भने सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्समा ५० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कम्पनीमा ९ वटा बीमा दाबीको ५० करोड रुपैयाँ बराबरको दाबी परेको हो ।  

त्यस्तै, ओरियन्टल इन्स्योरेन्समा १३ वटा बीमाको ३ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २० वटा बीमाको ७ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ६ वटा बीमाको २ करोड रुपैयाँ, नेको इन्स्योरेन्समा १६ वटा बीमाको ४ करोड ४५ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ३ वटा बीमाको ३ करोड १५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्समा ५ वटा बीमाको ७५ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्समा ६ वटा बीमाको ८० लाख रुपैयाँ बराबरको दाबी परेको छ ।  

यसका साथै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १५ वटा बीमाको ५ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्समा ११ वटा बीमाको ११ वटा बीमाको २ करोड रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा ५ वटा बीमाको २५ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.