शुक्रबार, श्रावण २२,२०८३ 12:52:03
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:52:03
Bizshala
Global IME Bank Limited

कामना सेवाविकास बैंकद्वारा बुढानिलकण्ठ प्रहरी प्रभागलाई गोप्रो हस्तान्तरण

कामना सेवाविकास बैंकद्वारा बुढानिलकण्ठ प्रहरी प्रभागलाई गोप्रो हस्तान्तरण
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंकले प्रहरी प्रभाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरीक्षक योग राज खतिवडालाई हस्तान्तरण गरेका हुन् । 

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तर दायित्वअन्तर्गत गरिएको गोप्रो हस्तान्तरणले अपराध नियन्त्रण तथा प्रमाण संकलनको लागि महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उक्त कार्यक्रममा बोल्दै बैंकका सिएसआर विभाग प्रमुख पौडेलले नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा प्रहरी प्रभागका प्रहरीहरुको उपस्थिती रहेको थियो ।  

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.