बिहीबार, आश्विन २९,२०८३ 08:36:49
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:36:49
Bizshala
Global IME Bank Limited

दशैंमा यसरी तयार पार्न सकिन्छ मिठो थकाली खानासेट

Bizshala
दशैंमा यसरी तयार पार्न सकिन्छ मिठो थकाली खानासेट
New Office

काठमाण्डौ । दशैं भन्ने बित्तिकै टिकाजमरा, दक्षिणा, मिठो खानाका परिकार, पिङजस्ता कुराहरु आउँछन् । विशेषगरी दशैंलाई हामी आफ्ना घरपरिवार, इष्टमित्र र आफन्तहरुसँग समय बिताउँदै मिठा परिकार बनाएर खाने पर्वका रुपमा पनि लिन्छौं ।

अझ दशैं पर्वमा हामी विशेषगरी दालभात, तरकारी, विभिन्न मासुको परिकार र अचार खाने गर्छौ । सामान्यतया नेपालीहरुले दालभात र तरकारी दिनहुँ खाए पनि दशैंमा त्यहि खाना अलिक विशेष हुन जान्छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

दशैंको समयमा हरेक नेपालीहरुको घरमा खसीको मासु वा अन्य कुनै मासुको परिकार पाकेको हुन्छ । खसीको मासुलाई फ्राई, भुटुवा, ग्रेभी, झोल, करि, सुकुटी, कबाब, खसीको बिरयानी, खसीको मःमः, खसीको चप्स  कुनै तरिकाबाट पकाउन सकिन्छ ।  

प्रायजसो नेपालीहरुले दशैंको समयमा दिनहुँ खाने खानालाई पनि फरक ढंगबाट प्रस्तुत गरी खान चाहान्छन् । सधैं खाइरहने दालभात र तरकारीलाई विशेष बनाई थकाली खानाको रुपमा समेत खान सकिन्छ ।  

अहिले काठमाण्डौं उपत्यका लगायतका विभिन्न शहरहरुमा थकाली भान्छा घरहरु खुलेका छन् । नेपालीहरु खानाका परिकारमा सौखिन त छन्, तर थकाली खाना राम्रोसँग धेरैलाई तयार गर्न नआउनसक्छ ।  

दशैंको समयमा प्राय सबैको घरमा खसीको मासु वा अन्य मासुहरु हुन्छ । मासुको परिकारलाई विभिन्न तरिकाबाट पकाएर दशैंमा तपाई आफ्नो घरपरिवारसँग बसेर मिठो थकाली खाना सेट पकाउन सक्नुहुनेछ ।  

(परिकारहरुः भात/ढिँडो, मासको कालो दाल, मासु(जुनसुकै), गुन्द्रुकको अचार, तामाको तरकारी, आलुको तरकारी, आलु भुजिया फ्राई, टमाटर अचार, मूलाको गालेको अचार, साग, आलु तामा र शुद्ध घिउ ।)

१. थकाली ढिंडो  

सामाग्रीः

मकैको पिठो–१ कप

पानी –३ कप

नुन –स्वाद अनुसार

बनाउने तरिकाः

-पानी उमाल्नुहोस् ।

-पानी उम्लिएपछि, मकैको पिठो क्रमिक रूपमा हाल्दै लगातार चलाउनुहोस्।

-ढिंडो गाढा र नरम भएपछि, नुन हालेर मिक्स गर्नुहोस्।

-अलि चिसो भएपछि पलेटमा निकालेर खान तयार गर्नुहोस्।

२. थकाली मासु  

सामाग्रीः

मासु ( कुखुरा/खसि/च्यांग्रा/भेडा) – ५०० ग्राम

प्याज – १ ठूलो टुक्रा

टमाटर – १ वटा

अदुवा–लसुन पेस्ट – १ चम्चा

तेल – २ चम्चा

नुन, खुर्सानी, धनियाँ पाउडर – स्वाद अनुसार

पानी – आवश्यक परिमाण

बनाउने तरिकाः

-मासु राम्रोसँग धोएर काट्नुहोस् ।

-तेल तताएर प्याज सुनौलो भएपछि अदुवा–लसुनको पेस्ट हाल्नुहोस्।

-टमाटर मिसाएर मसला राम्रोसँग फ्राई गर्नुहोस् ।

-मासु हालेर केही मिनेट फ्राई गर्नुहोस् ।

-नुन, खुर्सानी, धनियाँ पाउडर राखेर पानी हालेर पकाउनुहोस् ।

-मासु नरम भएर मसालेदार सुस्वादिलो भएपछि आगोबाट हटाउनुहोस्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

३. आलु तामा

थकाली समुदायमा आलु ताम लोकप्रिय साइड डिश हो।

सामाग्रीः

आलु – आफूलाई चाहिने परिमाण

तेल – १ चम्चा

नुन, मसला – स्वाद अनुसार

बनाउने तरिकाः

-आलु उमालेर छिल्नुहोस् र काट्नुहोस् ।

-तेल तताएर आलु हल्का फ्राई गर्नुहोस्र ।

-नुन र अन्य मसला राखेर राम्रोसँग मिक्स गर्नुहोस्

४. गुन्द्रुकको अचार

थकाली समुदायले गुन्द्रुकलाई विशेष महत्व दिन्छ।

सामाग्रीः

गुन्द्रुक – १ कप

तेल, नुन, मसला, टमाटर, टिम्बुर, प्याज, हरियो खुर्सानी, हरियो धनिया, – स्वाद अनुसार

बनाउने तरिकाः

-गुन्द्रुक धुने र तातो पानीमा ५ मिनेट भिजाउने।

-टमाटर आगोमा पोल्ने

-भिजाएको गुन्द्रुकलाई निचोरेर हल्का तेलमा रोस्ट गर्ने

-हरियो खुर्सानी, धनिया, मसला, नुन पिसेको टिम्बुर हाल्ने  

-पोलेको टमाटरलाई हातले मुसेर गुन्द्रुकसँगै मोल्ने ।  

५. दाल उमाल्ने

-दाल राम्रोसँग पखाल्नुहोस् ।

-प्रेसर कुकरमा दाल, बेसार, नुन, र पानी हाल्नुहोस् ।

-३–४ सिटी आउने गरी उमाल्नुहोस्। नरम भइसकेपछि अलिकति मिक्स गरेर एकसार बनाउनुहोस् ।

तड्का तयार गर्नेः

-एउटा प्यानमा तोरीको तेल तताउनुहोस्।

-मेथी हालेर सुनौलो/कालो हुन दिनुहोस् (बढी नडढलाउनुहोस्)।

-जिरा, टिमुर, अदुवा–लसुन पेस्ट, प्याज र टमाटर हाल्नुहोस् ।

-मसला नरम र बास्ना आउने गरी फ्राई गर्नुहोस् ।

-तड्का तयार भइसकेपछि त्यसलाई दालमा राखेर घोल्ने र आवश्यक मात्रामा तातो पानी मिसाएर फेरी घोल्ने ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.