आईतवार, श्रावण १०,२०८३ 01:12:51
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 01:12:51
Bizshala
Global IME Bank Limited

आमा बन्दै गरेकी राधा पोखरेल भन्छिन्- 'भाटभटेनी जलेपछि दसैं आएजस्तो लागेन'

आमा बन्दै गरेकी राधा पोखरेल भन्छिन्- 'भाटभटेनी जलेपछि दसैं आएजस्तो लागेन'
New Office

काठमाण्डौ । यस बर्षको राधा पोखरेलको दसैं खासै उल्लासयमय हुने छैन । गत बर्ष विदेशमा दसैं मनाएकी राधा यस बर्ष नेपालमा नै सामान्य तरिकाले मनाइरहेकी छिन् ।  

यसपटक उनी काठमाण्डौमा नै सामान्य तरिकाले दसैं मनाइरहेको बताउँछिन् ।  

यसपटक जेनजी आन्दोलनका कारण भाटभटेनी सुपरमार्केट देखि देशका ठूला व्यवसायिक र प्रशासनिक संरचनामा क्षति भएपछि पोखरेललाई अरुबेलाजस्तो खुशी भएर दसैं मनाउने मन छैन । 

विगत दसैंहरुको सपिङ भाटभटेनी सुपरमार्केटमा गर्ने गरेकी उनी यसपटक त्यो अवसर नपाएपछि त्यसै त्यसै खल्लो लागेको सुनाउँछिन् । उनी भन्छिन् -‘देश भर्खर समृद्धितर्फ जाँदै थियो । कोभिड र भूकम्पका कारण थिलथिलो भएको अर्थतन्त्रमा राम्रा दिनहरु सुरु हुने अपेक्षा थियो । तर फेरि अर्थतन्त्र उठ्नै नसक्ने गरी ध्वस्त बनाइयो । लगानीकर्ताको मनोबलमाथि सोझै प्रहार भयो भने देशका पुरातत्व महत्वका ऐतिहासिक प्रशासनिक संरचनामाथि एकसाथ आक्रमण भयो  । दर्जनौं युवा मारिए । यसकारण समेत खुलेर दसैं मनाउन सकिरहेकी छैन ।'

दसैंलाई कतिपयले दशाको रुपमा लिन्थे, त्यो अहिले यथार्थमा परिणत भएको उल्लेख गर्दै आमा बन्न लागेकी पोखरेलले भनिन् -'देशमा जुन खालको अनिष्टको बादल मडारिएको छ, त्यो दसैंसँगै हटेर जाओस् । देश रोइरहेको अवस्थामा शोकलाई शक्तिमा बदल्ने आशिष देशबासीमा दुर्गा माताबाट प्राप्त होस् । सेयर लगानीकर्ताहरुको पनि जय जय होस् !'  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.