काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडको साधारण सभा स्थगित भएको छ । हकप्रद सेयर निष्कासन गर्ने भएको छ । असोज २४ गते आयोजना गर्ने भनिएको कम्पनीको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो ।
कम्पनीले हकप्रद निष्कासनको प्रस्तावसहित १८ औं साधारण सभा डाकेको छ ।
गत भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २४ गते पोखरामा रहेको वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको थियो ।
अब स्थगित सभा सार्वजनिक सूचना प्रकाशित गरी पुनः आयोजना गरिने कम्पनीले जनाएको छ ।