सोमबार, श्रावण १८,२०८३ 10:18:19
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:18:19
Bizshala
Global IME Bank Limited

के बजारले २४४० विन्दु नजिकबाट यूटर्न लिनसक्छ ? स्मार्ट मनि कन्सेप्टको आधारमा कस्तो छ अबको अवस्था ?

के बजारले २४४० विन्दु नजिकबाट यूटर्न लिनसक्छ ? स्मार्ट मनि कन्सेप्टको आधारमा कस्तो छ अबको अवस्था ?
New Office

काठमाण्डौ । यो साता सेयरबजारमा ५ दिननै सेयर कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ५८२ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ४८७.१७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ९५.०१ अंकले बजार घट्यो ।  

अघिल्लो साता पनि नेप्से परिसूचकमा ८१.५३ अंकको गिरावट आएको थियो । यो साता बजारमा २१ अर्ब ४२ करोडको सेयर कारोबार भयो । अघिल्लो साता भने ३ कारोबार दिनमा १५ अर्बको सेयर कारोबार भएको थियो । यो साता बजार घट्दा बजार पूँजीकरणमा पनि गिरावट आयो  । अघिल्लो साता ४३ खर्ब १६ अर्ब रहेको बजार पूँजीकरण यो साता घटेर ४१ खर्ब ५७ अर्बमा सीमित बन्यो ।  यस हिसाबले यो साता बजार पूँजीकरण १ खर्ब ५९ अर्बले घट्यो ।  

प्राविधिक पक्षः

स्मार्ट मनी कन्सेप्टको आधारमा

स्मार्ट मनी कन्सेप्ट भनेको पूँजी बजारमा रिटेल इन्भेष्टरहरुको तुलनामा ठूला संस्था तथा वित्त कम्पनी जस्तै बैंक , हेज फण्ड तथा मार्केट मेकरहरुले प्रयोग गर्ने औजार हो । ठूला संस्थाहरुले बजारमा पैसा लगाउने रणनीतिको रुपमा पनि यसलाई बुझिन्छ ।  

यस आधारमा उनीहरले बजारले बनाएको स्टक्चरको अधारमा बजारबाट निस्कने तथा पस्ने रणनीति बनाएका हुन्छन् । जस्तै यदि बजारमा बुलिस चेञ्ज अफ क्यारेक्टर बनेको खण्डमा बजार पस्ने र वियरिस चेञ्ज अफ क्यारेक्टर बनेमा वा निरन्तरता पाएमा बजारबाट निस्कने गर्छन् । जसले बजारमा थप क्षति हुनबाट लगानीकर्ताहरुलाई जोगाउने गर्छ ।  

यस आधारमा अबको बजारको सम्भावना कस्तो ?

स्मार्ट मनी कन्सेप्टको आधारमा बजारलाई नियाल्दा पछिल्लोपटक ३ हजार विन्दुबाट खसेको बजारले वियरिस क्यारेक्टरलाई निरन्तरता दिएको छ । जसलाई आवरली बेसमा नियाल्दा पनि बजारले वियरिस क्यारेक्टरलाई निरन्तरता दिएको छ । प्राविधिक रुपमा यसरी निरन्तर खसेको बजारले अब कतिसम्म यही क्यारेक्टरमा चल्न सक्छ भनेर बुझ्ने अर्को औजर भनेको सपोर्ट एण्ड रेसिस्ट्यान्स नै हो ।  

घट्दो बजारमा त्यस्ता सपोर्टका विन्दुहरु यसअघिका सपोर्ट प्वइन्टलाई खोजिन्छ भने बढ्दो बजारमा यसअघिका प्रतिरोधका विन्दुलाई हेरिन्छ । यस आधारमा यो साता २ हजार ४८७ को विन्दुमा बन्द भएको बजारले अबको नजिकको सपोर्ट भनेको २४८० र त्यसपछि पनि बजारले अझै गिरावटलाई निरन्तरता दिन्छ भने बजारको अर्को सपोर्ट भनेको २४४० विन्दु आसपास रहन्छ ।  

प्राविधिक रुपमा यसको अर्थ पहिलेको प्रतिरोधमा फेरि पनि प्रतिरोध लिन्छ नै भन्ने र पहिलेको सपोर्टमा बजारले फेरि पनि सपोर्ट लिन्छ नै भन्ने कुनै निश्चितता भने हुँदैन । तर कारोबार पनि निकै ड्राई अप भएको कारण यी विन्दुलाई बलियो सपोर्टको रुपमा भने लिन सकिन्छ । यद्यपी बजारले हालसम्म कुनै पनि बुलिस क्यारेक्टर चेञ्ज गरिहालेको अवस्था भने होइन ।

माथी मूख्य तस्विर  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा हाल बजार तल्लो विन्दुमा डाउन ट्रेन्डमा चलेको छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोन ३३ को तहमा चलको छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार डाउन ट्रेन्डमा चलको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८०२

प्रतिरोध २ – २७३९

प्रतिरोध १–  २६६१

पिभट् प्वइन्टः २५९८

घटेमा सपोर्ट

सपोर्ट १– २५९१

सपोर्ट २– २४५६

सपोर्ट  ३ –२३७७

निष्कर्षःअघिल्लो साता ८१ अंकले घटेको बजार यो साता ९५ अंकले घट्यो । दशैंपछि खुलेको बजारमा लगातार  बिक्री दबाब देखिएको छ । आधारभूत रुपमा सबै विषयवस्तु सकारात्मक रहेता पनि जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरताले नै सेयर बजार घटेको हो ।  

लगानीकर्ताहरुमा तिहारपछिको राजनीतिक अवस्था के कस्तो हुन्छ ? भन्ने विषयमा नै अन्यौलता देखिन्छ । खासगरि, सरकारले फागुन २१ मा घोषणा गरेको चुनावको विषयमा राजनीतिक दलहरुको एक मत नहुँदा राजनीतिक अस्थिरता बढ्दै गएको छ । यस कारण राजनीतिक विषयको प्रष्ट रुपरेखा नहुन्जेल सेयर बजारले अहिले नै ठूलो फड्को मार्छ भन्न भने कठिन छ ।

यद्यपी बजारलाई प्राविधिक रुपमा नियाल्दा भने करिब सपोर्ट जोन नजिक आएको देखिन्छ । बढ्दो तरलता र घट्दो ब्याजदरको कारण अन्यत्र लगानीका अवसर खुम्चिदै जाँदा बजारले कोभिडकालमा जस्तै २४४० को सपोर्टको विन्दुबाट युटर्न लिनसक्ने सम्भावना पनि त्यतिकै रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.