शनिबार, श्रावण १६,२०८३ 06:17:26
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 06:17:26
Bizshala
Global IME Bank Limited

निजी अस्पताल र मेडिकल कलेजहरूले नर्सहरूको अपमानजनक व्यवहारप्रति आपत्ति जनाए

निजी अस्पताल र मेडिकल कलेजहरूले नर्सहरूको अपमानजनक व्यवहारप्रति आपत्ति जनाए
New Office

काठमाण्डौ । निजी अस्पतालहरूको छाता संगठन ‘एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)’ र ‘एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल’ले आन्दोलनरत नर्सहरूको तलब स्केल सम्बन्धी मागलाई लिएर स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा आन्दोलनकारी पक्षबाट देखाइएको अपमानजनक व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।

दुवै संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै वार्ताको क्रममा आन्दोलनकारीहरूले प्रयोग गरेका अपमानजनक शब्दहरू, अनुचित व्यवहार र ‘माफिया’ लेखिएका प्लेकार्डहरूले वार्ताको वातावरण बिगारेको र आपसी विश्वासमा आघात पुगेको बताएका छन्। “आन्दोलनकारी पक्षबाट देखाइएको अपमानजनक व्यवहार र ‘माफिया’ लेखिएका प्लेकार्डहरूले वार्ताको माहोल बिगारेको छ। यस्तो व्यवहारले आपसी विश्वास र सहकार्यमा नकारात्मक असर परेको छ,” विज्ञप्तिमा उल्लेख छ।

अफिन र मेडिकल कलेजहरूले निजी स्वास्थ्य संस्थाहरू सधैं संवाद, सहकार्य र सम्मानका आधारमा समस्याको समाधान गर्न प्रतिबद्ध रहेको जनाएका छन्। उनीहरूले देशभरका नर्सिङ पेशाकर्मीहरूको योगदानको उच्च कदर गर्ने र नर्सहरूले उठाएका मागप्रति सकारात्मक रहेको बताएका छन्। तर, यस्तो अपमानजनक व्यवहारका कारण वार्ता कक्षबाट बाहिरिनुपरेको उनीहरूको भनाइ छ।

संगठनहरूले यस्तो अवस्था सिर्जना हुनुमा सरकारको कमजोर व्यवस्थापन र अस्पष्ट नीतिलाई जिम्मेवार ठहराएका छन्। “समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याउँदा यस्तो अप्रिय स्थिति उत्पन्न भएको हो,” विज्ञप्तिमा भनिएको छ। निजी अस्पतालहरूले देशभरका बिरामीहरूलाई निरन्तर सेवा प्रदान गरिरहेको र आगामी दिनमा पनि स्वास्थ्यकर्मी र सरकारसँग सहकार्य गरी न्यायपूर्ण समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यद्यपि, संगठनहरूले भविष्यमा यस्ता अपमानजनक व्यवहार दोहोरिएमा आफ्नो स्वाभिमान र सदस्य संस्थाहरूको प्रतिष्ठा जोगाउन आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्। यो विज्ञप्ति अफिनका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका वरिष्ठ उपाध्यक्षद्वारा जारी गरिएको हो।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.