शनिबार, श्रावण २,२०८३ 10:02:19
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 10:02:19
Bizshala
Global IME Bank Limited

अमेरिकी केन्द्रीय बैंकले फेरि घटायो ब्याजदर, सुनको मूल्यमा उछाल आउने !

अमेरिकी केन्द्रीय बैंकले फेरि घटायो ब्याजदर, सुनको मूल्यमा उछाल आउने !
New Office

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड)ले २५ बेसिक प्वइन्ट अर्थात ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ । यो कटौतीपछि ब्याजदर ३.७५ प्रतिशतदेखि ४.० प्रतिशतको दायरामा आएको छ । यो फेडले गरेको वर्षको दोस्रो कटौती हो।

यसअघि गत महिना अक्टोबर १७ मा फेडरल रिजर्भले २५ आधार बिन्दुले ब्याजदर घटाएको थियो । ब्याजदर कटौतीले हल्का महङगी बढेतापनि श्रम बजारलाई कमजोर हुनबाट भने जोगाउन सकिने फेडको विश्वास रहेको छ ।  फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले यो जोखिमयुक्त रहेको समेत बताए । उनको लक्ष्य रोजगारी प्रवर्द्धन गर्नु हो, तर मुद्रास्फीति बढ्न नदिने पनि हो। विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकामा मुद्रास्फीति बढिरहेको छ ।

जेरोम पावेलले यस महिना फेडरल ओपन मार्केट कमेटीले अझै पनि श्रम बजारमा खतराहरूमा ध्यान दिइरहेको संकेत गरेका छन्। गत साता आएको मुद्रास्फीतिको आँकडा अपेक्षाभन्दा कम थियो ।

यसबाट के प्रष्ट हुन्छ भने फेडरल रिजर्भका ती सदस्यहरू जो मुद्रास्फीतिको बारेमा बढी चिन्तित छन्, उनीहरु तत्कालका लागि शान्त रहनेछन्। अमेरिका शटडाउनमा रहेका बेला यी सबै भईरहेका छ । जसका कारण अर्थतन्त्रको बारेमा जानकारी लिन फेडसँग कम जानकारी उपलब्ध छ ।  

कम ब्याजदरले कम्पनी र व्यक्तिहरूलाई ऋण लिन सस्तो बनाउँछ। यसबाट होम लोन, कार लोन, स्टुडेन्ट लोन र क्रेडिट कार्डमा कम ब्याज तिर्नुपर्नेछ । तर, यसको प्रभाव क्रमशः हुनेछ ।

तर यसले केही बेफाइदाहरू पनि निम्त्याउन सक्छ। उदाहरणका लागि, बचत खाताहरूमा कम ब्याज उपलब्ध हुनेछ। साथै, मुद्रास्फीति र रोजगार बजारको कमजोरी बारे मानिसहरू सतर्क हुनेछन्, जसको मतलब रोजगार बजार सुस्त हुन सक्छ।

ब्याजदर घट्दा सुनलाई प्रत्यक्ष लाभ हुनेछ । किनकी सुनलाई सुरक्षित लगानीको रुपमा चिनिन्छ । यस्तो अवस्थामा मानिसहरूले राम्रो प्रतिफलको लागि सुनमा आफ्नो लगानी बढाउन सक्छन्। त्यसो भए सुनको भाउ बढ्न सक्ने देखिन्छ ।

फेडरल रिजर्भको बुधबारको बैठकअघि सुनको भाउ बढेको छ । यसअघि केही दिनदेखि सुनको मूल्यमा गिरावट आएको थियो । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.