शुक्रबार, कार्तिक १३,२०८३ 10:22:48
  • शुक्रबार, कार्तिक १३,२०८३ 10:22:48
Global IME Bank Limited

एआई लगानीको दबाबले गुगलको ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य घट्यो

Bizshala
एआई लगानीको दबाबले गुगलको ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य घट्यो
New Office

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बढ्दो लगानी र त्यसले मुख्य व्यवसायमा पारेको प्रभावप्रति लगानीकर्ता सशङ्कित भएपछि गुगलको मातृ कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ।

अमेरिकी सेयर बजारमा अल्फाबेटको सेयर मूल्य झन्डै १३ प्रतिशतले घटेर ६ महिनायताकै न्यून विन्दुमा पुगेको हो। यससँगै कम्पनीको बजार पुँजीकरण एक दिनअघि ३.९७ ट्रिलियन डलर रहेकामा घटेर ३.४६ ट्रिलियन डलरमा झरेको छ।

गुगल सर्चमा एआईबाट तयार गरिने सारांशले विज्ञापन बिक्रीमा असर पारेको विवरण सार्वजनिक भएपछि लगानीकर्ताको चिन्ता बढेको हो। गुगलको कुल व्यवसायमा सर्च विज्ञापनको सबैभन्दा ठूलो योगदान छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अल्फाबेटको त्रैमासिक आम्दानी २५ प्रतिशतले बढेर १२७ अर्ब ६० करोड डलर पुगे पनि नाफा २५ प्रतिशतले घटेको छ। कम्पनीको स्वतन्त्र नगद प्रवाह पनि नौ अर्ब डलरभन्दा बढी ऋणात्मक देखिएको छ। एआई क्षेत्रमा भइरहेको ठूलो लगानीका कारण खर्च बढेको कम्पनीको वित्तीय विवरणले देखाएको छ।

यसै साता वित्तीय विवरण सार्वजनिक गरेका अमेजन र माइक्रोसफ्ट पनि एआई प्रतिस्पर्धामा ठूलो रकम खर्च गर्ने योजनामा छन्। अमेजनको आम्दानी ११ प्रतिशतले बढेर २०१ अर्ब डलर पुगे पनि नगद प्रवाह ४२ अर्ब डलर ऋणात्मक रहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले भविष्यमा एक ट्रिलियन डलरसम्म आम्दानी दिन सक्ने सम्भावना भएका दुई व्यवसायमा लगानी भइरहेको बताएका छन्। उनले आफ्नै कम्प्युटर चिप उत्पादन तथा एआई प्लेटफर्म बेडरकको सम्भावनालाई विशेष जोड दिएका छन्।

यता माइक्रोसफ्टको त्रैमासिक आम्दानी १९ प्रतिशतले बढेर ९२ अर्ब ३० करोड डलर पुगेको छ। यसको क्लाउड व्यवसायको आम्दानी ३० प्रतिशतले बढेर ६३ अर्ब डलर पुगेको छ। कम्पनीले एआईमा अघिल्लो अवधिभन्दा करिब पाँच अर्ब डलर कम लगानी गरेको छ भने हजारौँ कर्मचारी कटौती गर्ने योजना पनि सार्वजनिक गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाका अनुसार कोपाइलटका दैनिक प्रयोगकर्ता एक वर्षमा ५०० प्रतिशतले बढेका छन् भने गत जुलाईयता स्वचालित कार्यको सङ्ख्या झन्डै दोब्बर भएको छ।

प्रविधि कम्पनीहरूको आम्दानी र एआई प्रयोग बढे पनि त्यस क्षेत्रमा भइरहेको विशाल लगानीले भविष्यमा कति आर्थिक प्रतिफल दिन्छ भन्ने विषयमा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। एआईबाट सिर्जित आर्थिक लाभ अन्ततः कुन व्यवसायले प्राप्त गर्ने भन्ने प्रश्न अहिले प्रविधि उद्योगको प्रमुख चुनौती बनेको विश्लेषकहरूको भनाइ छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.