काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘शाइन रेसुङ्गा डिबेञ्चर(साइन्ड) नामक ऋणपत्र सूचीकृत भएको हो ।
धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम असोज ९ गतेको निर्णयानुसार उक्त ऋणपत्र सूचीकृत भएको हो ।
नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै अब कात्तिक २५ गतेदेखि उक्त ऋणपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता ऋणपत्र जारी गरेको थियो ।
१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।

