बिहीबार, फाल्गुन ७,२०८२ 03:28:02
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 03:28:02
Bizshala
Global IME Bank Limited

विकास हाईड्रोपावरको नाफा ७९% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

विकास हाईड्रोपावरको नाफा ७९% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ । गत असार महिनामा आईपीओ निष्कासन गरेको विकास हाईड्रोपावरले आफ्नो वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।  

कम्पनीले उक्त अवधिसम्म १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ९८ लाख ९९ हजारको तुलनामा ७९.३४ प्रतिशतले बढी हो । कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८.६८ प्रतिशतले बढी हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पहिलो त्रैमासमा कम्पनीले वित्त खर्च घटाएको छ । अघिल्लो आवमा १ करोड ३३ लाख रहेको वित्त खर्च ६३ लाख ६५ हजारमा सीमित बनेको छ । ९० करोड ९१ लाख चुक्तापूँजी भएको कम्पनीको रिजर्भमा ३ करोड ४२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले विभिन्न प्रयोजनका लागि २७ करोड ४६ लाख रुपैयाँबराबरको मध्यम तथा दीर्घकालिन कर्जा लिएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ६८ लाख र कुल चालु दायित्व २ करोड ३० लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०३.७७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३६.५२ रुपैयाँ र तरलता अनुपात ३.७६ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.