काठमाण्डौ । गत असार महिनामा आईपीओ निष्कासन गरेको विकास हाईड्रोपावरले आफ्नो वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
कम्पनीले उक्त अवधिसम्म १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ९८ लाख ९९ हजारको तुलनामा ७९.३४ प्रतिशतले बढी हो । कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८.६८ प्रतिशतले बढी हो ।
पहिलो त्रैमासमा कम्पनीले वित्त खर्च घटाएको छ । अघिल्लो आवमा १ करोड ३३ लाख रहेको वित्त खर्च ६३ लाख ६५ हजारमा सीमित बनेको छ । ९० करोड ९१ लाख चुक्तापूँजी भएको कम्पनीको रिजर्भमा ३ करोड ४२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले विभिन्न प्रयोजनका लागि २७ करोड ४६ लाख रुपैयाँबराबरको मध्यम तथा दीर्घकालिन कर्जा लिएको छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ६८ लाख र कुल चालु दायित्व २ करोड ३० लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०३.७७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३६.५२ रुपैयाँ र तरलता अनुपात ३.७६ प्रतिशत कायम भएको छ ।

