मंगलवार, कार्तिक १७,२०८३ 06:37:42
  • मंगलवार, कार्तिक १७,२०८३ 06:37:42
Global IME Bank Limited

नेपालको डिजिटल पर्यटन प्रवर्द्धनमा नयाँ प्रयोग, पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता’

Bizshala
नेपालको डिजिटल पर्यटन प्रवर्द्धनमा नयाँ प्रयोग, पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता’
New Office

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको मौलिक संस्कृति र पर्वलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने अभियानलाई तीव्र बनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिएसँगै नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको हो ।

प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीमार्फत विश्वभर चिनाउने लक्ष्य राखिएको छ ।

मन्त्री पौडेलले पछिल्लो समय नेपालको पर्यटनलाई मौलिक संस्कृति, चाडपर्व र परम्परासँग जोडेर प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । यसअघि दशैंको अवसरमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थाको सहकार्यमा देशभरका १०० स्थानमा ‘लिङ्गे पिङ’ राखिएको थियो ।

त्यसकै निरन्तरतास्वरूप कुकुर तिहारलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन रिल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रिल तयार गरी इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ ।

उत्कृष्ट रिल बनाउने व्यक्तिलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी भिडियो अंग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भ्वाइसओभर अनिवार्य गरिएको छ ।

सहभागीले भिडियो पोस्ट गर्दा #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । इन्स्टाग्राममा @nepaltourism तथा फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Garima Development Bank
Bizshala
IME remit

सामाजिक सञ्जालमा प्रकाशित भिडियोको डाउनलोड तथा हेर्न मिल्ने अनुमति भएको गुगल ड्राइभ लिंक [email protected] मा इमेल गर्नुपर्नेछ ।

प्रतियोगितामा पठाइने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त सामग्रीलाई नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ ।

प्रतियोगिताका लागि भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ ।

नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारमा पूजा गर्ने परम्परा छ । यही मौलिक परम्परालाई आधुनिक डिजिटल माध्यमसँग जोडेर अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने प्रयासलाई पर्यटन प्रवर्द्धनको नयाँ प्रयोगका रूपमा हेरिएको छ ।

डिजिटल सामग्री उत्पादनमा सक्रिय युवा तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित यो अभियानले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.