सोमबार, फाल्गुन ४,२०८२ 09:41:01
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 09:41:01
Bizshala
Global IME Bank Limited

प्रभू बैंकको सञ्चालक र उच्च व्यवस्थापनबीचको अर्जेन्ट छलफल एकाएक स्थगित, किन दौडिए अध्यक्ष राष्ट्रबैंक ?

प्रभू बैंकको सञ्चालक र उच्च व्यवस्थापनबीचको अर्जेन्ट छलफल एकाएक स्थगित, किन दौडिए अध्यक्ष राष्ट्रबैंक ?
Shivam Cement

काठमाण्डौ । प्रभू बैंक लिमीटेडले बोलाएको सञ्चालक समिति र उच्च व्यवस्थापनबीचको 'महत्वपूर्ण र अर्जेन्ट' बैठक एकाएक रोकिएको छ ।  

सोमबार दिउँसो ३ बजेदेखि महत्वपूर्ण र अर्जेन्ट बैठक हुने भन्दै सञ्चालक समितिको हवाला दिंदै उच्च व्यवस्थापनका अधिकारीहरुलाई बोलाइएको थियो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैठक सुरु हुनै लाग्दा सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीलाई एक्कासी राष्ट्रबैंकबाट बोलावट भएपछि पूर्व निर्धारित बैठक र महत्वपूर्ण भनिएको छलफल सुरु नहुँदै सकिएको स्रोतले जनाएको छ ।  

अहिले बैंक सञ्चालक समितिका अध्यक्ष कार्की राष्ट्रबैंक पुगेका छन् । त्यहाँ केन्द्रीय बैंकले आफ्ना सञ्चालकहरुलाई केहीबेरपछिको बैठकका लागि बोलाइसकेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आजको बैठकमा प्रभू बैंकभित्र देखिएको समस्या, बैंकलाई सम्भावित ठूलो जोखिमबाट बचाई सिस्टेमिक रिस्क आउन नदिन अपनाउनुपर्ने रणनीति र बैंकको भावी नेतृत्वसम्मका विषयमा कुराकानी हुने बुझिएको छ ।  

पछिल्लो समय बैंकले निरज लम्साललाई कामू सीईओको जिम्मेवारी दिए पनि सीईओ संलग्न प्रकरणमा उनको समेत प्रत्यक्ष र महत्वपूर्ण संलग्नता देखिएका कारण बैंक थप समस्यामा पर्ने भएकोले तत्काल बैंकभित्रकै क्लिन कुनै व्यक्ति वा बाहिरको कुनै बैंकरलाई नेतृत्व दिनुपर्ने आवाज समेत उठ्न थालेको छ । आज बैंकको भावी रणनीतिका विषयमा नियामक केन्द्रीय बैंकले महत्वपूर्ण छलफल गरी सोहीअनुसारको गाइडलाइन दिएर अध्यक्ष कार्कीलाई पठाउने अपेक्षा समेत गरिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.