काठमाण्डौ । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बुधबार ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।
उनलाई प्रभु बैंकलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्र विषयमा यसअघि प्रभु बैंककै सीईओ अशोक शेरचनसहित बैंकका तीन जना उच्च पदस्थ व्यक्तिहरु पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।