बुधबार, असार १७,२०८३ 07:51:38
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:51:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईफोन १७ सिरिजको ‘सस्तो’ मोडल अर्को वर्ष लन्च हुनसक्ने

Laxmi Sunrise Bank Limited
आईफोन १७ सिरिजको ‘सस्तो’ मोडल अर्को वर्ष लन्च हुनसक्ने

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आईफोन १७ सिरिजको नयाँ मोडल चाँडै नै लन्च गर्ने भएको छ। यो फोन आईफोन १७ सिरिजका अन्य मोडलभन्दा सस्तो हुने जनाइएको छ । यसलाई आईफोन १७ ई नाम दिइएको छ ।

यो फोन सन् २०२६ को सुरुवातमा लञ्च हुन सक्ने् जनाइएको छ । यो फोन आईफोन १६ई जस्तै किफायती हुनेछ । यसमा तीनवटा नयाँ अपडेट हुन सक्नेछ, जुन पछिल्लो मोडलभन्दा राम्रो हुनेछ ।

यस्तै यसमा ए१९ चिप प्रयोग हुनेछ, जसले यसलाई फ्ल्यागशिप आईफोन १७ जस्तै कार्यसम्पादन दिन मद्दत गर्नेछ। यसपटक, एप्पलको ध्यान आईफोन १७ ई लाई आईफोन सिरिजसँग तालमेल बनाउन केन्द्रीत छ ।

New Office
CG Motors
Garima Development Bank

यो फोन सस्तो मूल्यमा आईफोन अनुभव गर्न चाहनेहरूका लागि उत्कृष्ट विकल्प साबित हुन सक्ने जनाइएको छ । यसमा तीन प्रमुख परिवर्तनहरू हुनेछन् जसले यसलाई आईफोन १२६ ई भन्दा फरक बनाउनेछ ।

डिजाइनको सन्दर्भमा पनि, १७ ई एप्पलको आधुनिक लाइनअपसँग बढी मिल्दोजुल्दो हुनेछ। आईफोन १६ ई ले पुरानो डिजाइनको लागि आलोचनाको सामना गर्नु परेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसमा आईफोन १७ सिरिजको जस्तै १८ एमपी सेन्ट्रल स्टेज इनेबल्ड फ्रन्ट क्यामेरा उपलब्ध हुनेछ । जसले भिडियो कल र समूह सेल्फीहरूको अनुभवलाई सुधार गर्नेछ। यसरी फोनले धेरै हदसम्म आईफोन १७ को अनुभव दिन सक्ने जनाइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.