काठमाण्डौ । नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) प्रयोगमा ल्याउने माग्र प्रशस्त भएको छ । भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) ले नेपालमा ठूला दरका भारु सटही गर्न अनुमति दिएको छ ।
तर यसका लागि नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्नुपर्नेछ । हाल भने नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । हाल भारतमा १ सय, २ सय र २ हजार दरका भारु नोट चलनचल्तीमा छन् ।
आरबीआईले नेपाल र भुटानमा २५ हजार भारु ल्याउन/लैजान मिल्ने व्यवस्था गरेको छ । यसले यसले दुवै देशमा यात्रा गर्नेहरुलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

