बुधबार, आश्विन २८,२०८३ 02:19:36
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 02:19:36
Bizshala
Global IME Bank Limited

यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’को घोषणा, देशव्यापी सर्भिस सप्ताहमार्फत सेवा लिन सकिने

Bizshala
यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’को घोषणा,  देशव्यापी सर्भिस सप्ताहमार्फत सेवा लिन सकिने
New Office

काठमाण्डौ । एमएडब्लू राइड्स प्रालि अन्तर्गतको यामाहा नेपालले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवर्द्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ एक हप्ता लामो राष्ट्रव्यापी सर्भिस अभियान ूयामाहा ब्लू क्याम्पू औपचारिक रूपमा सुरु गरेको छ। यहि मंसिर २१ देखि २७ गते (डिसेम्बर ७ देखि १३) सम्म चल्ने यस अभियानले ग्राहकहरूलाई कुनै पनि आधिकारिक यामाहा सर्भिस सेन्टरमा गएर आकर्षक छुट तथा विशेष सुविधासहित प्रिमियम सर्भिसको अनुभव लिन आमन्त्रित गरेको छ।

यामाहाको विश्वस्तरीय आफ्टर–सेल्स सपोर्ट प्रदान गर्ने प्रतिबद्धता अनुरुप सुरु भएको ूयामाहा ब्लू क्याम्पूले हरेक यामाहा मोटरसाइकल र स्कूटरले उत्कृष्ट कार्यसम्पादन गरोस् भन्ने सुनिश्चित गर्दछ। अभियान सप्ताहको अवधिभर हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने यस सर्भिसमा ग्राहकहरूले निम्न विशेष सुविधाहरूको लाभ लिन सक्नेछन् ः

– निःशुल्क बाइक वाश

–१५ –प्वाइन्ट विस्तृत चेकअप

–यामाल्युबमा १५ प्रतिशत छुट

–स्पेयर पार्ट्समा १० प्रतिशत छुट

–लेबर चार्जमा ५० प्रतिशत छुट

–निःशुल्क एएमसी कार्ड

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस अनुभवलाई अझ रोमाञ्चक बनाउन यामाहाले आफ्ना मूल्यवान ग्राहकहरूका लागि एक विशेष उपहार पनि ल्याएको छ सात दिनसम्म दैनिक एक जना ग्राहकले आफ्नो कुल मर्मत बिलमा १००५ क्यासब्याक प्राप्त गर्नेछन्। यो अफरले यामाहा राइडरहरूले विशेषज्ञ सेवा मात्र नभई, आफ्नो भिजिटको कुल लागतमा पूर्ण राहत पाउने मौका पनि सुनिश्चित गरेको कम्पनीको भनाई छ।

यी सेवा सुविधाहरूका अलावा यामाहा ब्लू क्याम्पमा ुनो योर बाइकु सेसन पनि समावेश हुनेछ, जहाँ प्रत्येक सर्भिस सेन्टरका प्राविधिक प्रमुखले ग्राहकहरूलाई उनीहरूको यामाहा मोटरसाइकल वा स्कुटरका विशेषता, मर्मतसम्भार आवश्यकता र प्राविधिक पक्षहरू अझ राम्ररी बुझ्न व्यक्तिगत रूपमै मद्दत गर्नेछन्। एक डेडिकेटेड सेफ्टी राइड सेसनुले राइडरहरूलाई दैनिक जीवनमा अझ सुरक्षित तरिकाले सवारी चलाउने व्यावहारिक सुझावहरू मार्फत् शिक्षित गर्नेछ। ग्राहकहरूले थप सरप्राइज गिफ्टहरू, ए।एम।सी खरिदमा विशेष अफर, र अनलाइन बुकिङ मार्फत यामाहा एक्सप्रेस सर्भिसको सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यसले अग्रिम बुकिङ गर्ने ग्राहकहरूका लागि प्राथमिकता र थप सुविधाहरू सुनिश्चित गर्नेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस अभियानका बारेमा बोल्दै एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘यामाहा सधैँ गुणस्तर, विश्वसनीयता र उत्कृष्ट सर्भिस प्रदान गरेर आफ्ना ग्राहकहरूसँग दीर्घकालीन विश्वास निर्माण गर्ने कुरामा विश्वास गर्दछ। ूयामाहा ब्लू क्याम्पू मार्फत हामी हाम्रा राइडरहरूलाई उहाँहरूको सुरक्षा, सन्तुष्टि र मानसिक शान्ति सुनिश्चित गर्ने एक परिष्कृत सर्भिस अनुभव दिन चाहन्छौँ। यो पहल हाम्रो यामाहा परिवारलाई कदर गर्ने र हरेक यात्रालाई सहज, रोमाञ्चक र चिन्तामुक्त राख्ने हाम्रो आफ्नै तरिका हो।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X