बिहीबार, श्रावण २८,२०८३ 05:29:18
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 05:29:18
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Prabhu Bank Limited
महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंक ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ (Excellence in Banking Innovation and Customer Delight) विधा अन्तर्गत अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

डिसेम्बर ०७, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बीच India Business Awards 2025 कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तराष्ट्रिय अवार्ड प्रदान गरेको हो ।

महालक्ष्मी विकास बैंकको तर्फबाट बैंकका वरिष्ठ अधिकृतहरुले उक्त सम्मान ग्रहण गरेका थिए । बैंकले ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैंकिङ सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिया उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

दुई देशबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्यहरु गर्दै आएको महालक्ष्मी विकास बैंकलाई यस अवार्डको प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । नेपाल र भारत बीच सीमा पार भुक्तानीमा आवद्ध भएसँगै यस अवार्डको प्राप्ती बैंकको लागि थप महत्वपुर्ण सावित हुने विश्वास समेत बैंकले लिएको छ ।  

हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स , भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो, जसले अन्तराष्ट्रियस्तरमा बैंकको उपस्थिती दर्शाउन तथा ख्याती अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.