शुक्रबार, श्रावण १,२०८३ 01:55:49
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:55:49
Bizshala
Global IME Bank Limited

एलआईसी विश्वकै शक्तिशाली इन्स्योरेन्स ब्राण्ड बन्न सफल, शीर्ष स्थानमा चिनियाँ कम्पनीहरुको दबदबा

एलआईसी विश्वकै शक्तिशाली इन्स्योरेन्स ब्राण्ड बन्न सफल, शीर्ष स्थानमा चिनियाँ कम्पनीहरुको दबदबा
New Office

काठमाण्डौ । भारतको सरकारी स्वामित्वको बीमा कम्पनी, एलआईसी भारत विश्वको सबैभन्दा बलियो इन्स्योरेन्स ब्राण्डको सूचीमा पर्न सफल भएको छ । ब्राण्ड फाइनान्स इन्स्योरेन्स १००,२०२४ को रिपोर्ट अनुसार एलआईसीको ब्राण्ड मूल्य ९.८ अर्ब डलर रहेको छ ।  

यसका साथै कम्पनीको ब्राण्ड स्ट्रेन्थ  इन्डेक्स स्कोर ८८.३ र सम्बद्ध एएए ब्राण्ड स्ट्रेन्थ रेटिङ रहेको छ । एलआईसी पछि दोस्रो स्थानमा क्याथे लाइफ इ्रन्स्योरेन्स रहेको छ । याथे लाइफ इ्रन्स्योरेन्सको ब्राण्ड मूल्य ९ प्रतिशतले बढेर ४.९ अर्ब डलर पुगेको छ ।  

ब्राण्ड फाइनान्स इन्स्योरेन्सको रिपोर्टका अनुसार चीनको बीमा ब्राण्डले ग्लोबल र्याङकिङमा आफ्नो दबदबा कायम नै राखेको छ । चीनको बीमा कम्पनी पिंग एनको ब्राण्ड मूल्य ४ प्रतिशतले बढेर ३३.६ अर्ब डलर पुगेको छ । यसका साथै कम्पनीको विश्वको सबैभन्दा धेरै ब्राण्ड मूल्य भएको बीमा कम्पनीको बनेको छ । चीनको चाइना लाइफ इ्न्स्योरेन्स सूचीको दोस्रो स्थानमा छ ।  

त्यस्तै चीनकै सीपीआईसी तेस्रो स्थानमा रहेको छ ।  

एलआईसी इन्डियाले वित्त वर्ष २०२२/२३ मा ३९ हजार ९० करोड भारुबराबरको प्रिमियम संकलन गरेको थियो । भारत  सरकारले केहि समयअघि एलआईसीका कर्मचारीको तलब १७ प्रतिशतले वृद्धि गर्न स्वीकृती प्रदान गरेको थियो । यसबाट कम्पनीका १ लाख १० हजारभन्दा बढी कर्मचारी लाभान्वित हुने जनाइएको छ ।  

यसका साथै कम्पनीको सेयरमूल्य पनि प्रतिकित्ता १ हजार १७५ भारुको उच्चतम विन्दुमा पुगेको छ । यी सबै कारणले कम्पनीको ब्राण्ड मूल्यमा स्थापना गर्न सहयोग गरेको बताइएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.