बिहीबार, आश्विन २९,२०८३ 03:33:39
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 03:33:39
Bizshala
Global IME Bank Limited

एलन मस्क सन् २०२६ मा विश्वका पहिलो ट्रिलियनेयर बन्ने !

Bizshala
एलन मस्क सन् २०२६ मा विश्वका पहिलो ट्रिलियनेयर बन्ने !
New Office

काठमाण्डौ । टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्क सन् २०२६ मा विश्वका पहिलो ट्रिलियनेयर बन्ने अनुमान गरिएको छ। 

ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार हाल मस्कको कुल सम्पत्ति ४६५ अर्ब अमेरिकी डलर छ। स्पेसएक्सको आगामी ठूलो आईपीओले उनको सम्पत्तिलाई एक ट्रिलियन डलरभन्दा माथि पुर्‍याउने विश्लेषकहरूले बताएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

मस्कले नै पुष्टि गरेअनुसार स्पेसएक्स सन् २०२६ मा सार्वजनिक कम्पनी बन्दै स्टक बजारमा सूचीकृत हुनेछ। यो आईपीओ विश्वकै सबैभन्दा ठूलो हुने अपेक्षा छ। कम्पनीको मूल्यांकन १.५ ट्रिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ। यसमा मस्कको हिस्सा करिब ६२५ अर्ब डलरको हुने प्रक्षेपण छ, जसले उनको कुल सम्पत्तिलाई एक ट्रिलियन डलर नाघ्नेछ।

हाल स्पेसएक्स विश्वको सबैभन्दा मूल्यवान निजी कम्पनी हो। सेकेन्डरी सेयर बिक्रीमा यसको मूल्यांकन ८०० अर्ब डलरभन्दा माथि पुगिसकेको छ। यदि कम्पनीले ५ प्रतिशत सेयर मात्र बिक्री गरेमा पनि करिब ४० अर्ब डलर संकलन हुनेछ, जुन साउदी अराम्कोको २०१९ को २९ अर्ब डलरको रेकर्डलाई उछिनेर विश्वकै सबैभन्दा ठूलो आईपीओ बन्नेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि जनवरी २०२५ मा ओक्सफामले जारी गरेको प्रतिवेदनले पनि यो दशकभित्र कम्तीमा पाँच जना अर्बपति ट्रिलियनेयर बन्ने अनुमान गरेको थियो। प्रतिवेदनअनुसार एलन मस्कले सबैभन्दा चाँडो (पाँच वर्षभित्र) यो कीर्तिमान हासिल गर्नेछन्। त्यसपछि जेफ बेजोस, मार्क जुकरबर्ग, ल्यारी एलिसन र बर्नार्ड अर्नाल्ट पनि ट्रिलियन डलर क्लबमा प्रवेश गर्ने प्रक्षेपण गरिएको छ।

विश्वका धनाढ्यहरूको सम्पत्ति तीव्र गतिमा बढिरहेका बेला मस्कको यो सम्भावित कीर्तिमानले फेरि एकपटक उनलाई विश्वव्यापी चर्चाको केन्द्रमा ल्याएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.