काठमाण्डौ । ब्रिटिस काउन्सिलको आइइएलटिएस उपहारको तेस्रो संस्करणका विजेतालाई १७ डिसेम्वर, २०२५ का दिन आयोजित कार्यक्रममा पुरस्कृत गरिएको छ । सन् २०२४ को आइइएलटिएस उपहारको सफलतापछि थप परिस्कृत र सम्मान दिने उद्देश्यसहित परीक्षामा सहभागी भएका विद्यार्थीका लागि ब्रिटिस काउन्सिलले आइइएलटिएसको तेस्रो संस्करण आयोजना गरेको थियो ।
यसपटक १५ अगस्टदेखि ३० नोभेम्वरसम्म पेपर वा कम्प्युटरमार्फत आइइएलटिएसको परीक्षा दिनका लागि दर्ता भएका र आवश्यक शुल्क बुझाएका विद्यार्थी सहभागी भएका थिए ।
सहभागीमध्ये ९७ जना विद्यार्थीले उपहार जितेका छन् । साप्ताहिक लक्की ड्रबाट पुरस्कार जित्ने विद्यार्थीको चयन गर्दै ब्रिटिस काउन्सिलको फेसबुक पेजबाट घोषणा गरिएको थियो ।
यस वर्ष तीन जनाले मासिक रुपमा विजेता भएका थिए भने चार जनाले बम्पर पुरस्कार प्राप्त गरेका छन् । उनीहरुमध्ये मासिक रुपमा विजेता भएका तीन जनाले एप्पलको म्याकबुक एयर प्राप्त गरेका छन् । त्यस्तै, तीन जनाले बेलायत, युरोप र अमेरिकाका लागि टर्कीस एयरलाइन्सले प्रयोजन गरेको एकतर्फी हवाइ टिकट जितेका छन् भने एक विजेताले अस्ट्रेलिया जानका लागि ब्रिटिस काउन्सिलले प्रायोजन गरेको हवाइ टिकट जितेका छन् ।
–एप्पलको म्याकबुकका विजेता–प्रान्तिका अधिकारी, श्रद्धा श्रेष्ठ र कृतज्ञ श्रेष्ठ
–बेलायत, युरोप र अमेरिका जाने हवाइ टिकटका विजेता–सुशोभन चिमोरिया, अतिथी थापा र सन्दीप जमकट्टेल
–अस्ट्रेलिया जाने हवाइ टिकटका विजेता–शिक्षा त्रिपाठी
पुरस्कार वितरण समारोहमा आइइएलटिएसको दर्ताका लागि योगदान गरेका १० वटा साझेदार संस्थामध्ये तीन वटाको चयन गरेर पुरस्कृत गरिएको थियो । आइइएलटिएसको प्रवद्र्धनका लागि सहयोग गरेवापत् तीन वटा साझेदारलाई आइप्याड प्रदान गरियो । उत्कृष्ट साझेदार निम्न अनुसार छन्ः
–आरटीसी इङलिस
–सुमेधा एजुकेसन नेटवर्क
–द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी
पुरस्कार वितरण समारोहमा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी निर्देशक प्रतिष्ठा थापाले भनिन् ‘आइइएलटिस उपहार अभियानका सबै विजेतालाई बधाइ दिन चाहान्छु । नेपालभर आइइएलटिसको पहुँच विस्तार गरिरहँदा हामीले क्षमतावृद्धि र उपलव्धता बढाउँदै परीक्षाका सहभागीका लागि उनीहरुको रोजाइ, सुविधा र गुणस्तरमा ध्यान केन्द्रित गरेका छौं । साझेदारहरुसँगको बलियो सहकार्य र समन्वयबाट हामी प्रेरित भएका छौं, साझेदारहरुले आइइएलटिएसको परीक्षामा सहभागी हुने विद्यार्थीलाई उच्च शिक्षाको खोजीका लागि आत्मविश्वासका साथ अघि बढ्न सुरक्षित र उच्च गुणस्तरिय मूल्याङ्कनका लागि हामीलाई निरन्तर सहयोग गरिरहेका छन् ।’

