शनिबार, श्रावण ९,२०८३ 05:08:38
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:08:38
Bizshala
Global IME Bank Limited

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत NRRC 2025 को सुखद समापन

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत NRRC 2025 को सुखद समापन
New Office

काठमाण्डौ । यामाहा नेपाल टाइटल स्पोन्सरका रूपमा प्रस्तुत भएको नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५ को फाइनल राउण्ड सम्पन्न भएको छ। यहि २० डिसेम्बर २०२५ मा धुलिखेल रेस ट्र्याकमा रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएको यस फाइनल राउण्डसँगै रेसिङ सिजनको सुखद समापन गरिएको थियो। 

प्रतियोगितामा देशका उत्कृष्ट मोटरसाइकल राइडरहरूका साथै ठूलो संख्यामा रेसिङप्रेमी, मोटरस्पोर्ट समर्थक र उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपालमा मोटरस्पोर्टसँग यामाहाको लामो समयदेखिको नाता रहँदै आएको छ। कम्पनीले वर्षौंदेखि संगठित रेसिङ इभेन्ट, राइडर तालिम कार्यक्रम तथा NRRC जस्ता राष्ट्रियस्तरका च्याम्पियनसिपलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ । 

NRRC २०२५ मा नेशनल, नोभिस र वुमेन गरी तीन प्रतिस्पर्धात्मक श्रेणीहरू समावेश थिए। निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न र राइडरको सीपमा केन्द्रित रहन सबै सहभागीहरूले यामाहा R15 मोटरसाइकल प्रयोग गरेका थिए। रेसिङ डीएनए, सन्तुलन र ट्र्याक–केन्द्रित इन्जिनियरिङका लागि परिचित R15 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसिङ सर्किटमा प्रमाणित प्रदर्शन दिँदै आएको मोडल हो। 

NRRC २०२५ का विजेताहरूले आगामी अन्तर्राष्ट्रिय रेसिङ प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर पाउनेछन्, जसले उनीहरूलाई विश्वस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.