काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी पुस ३० गते पोखरामा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा लभांशसँग सम्बन्धी कुनैपनि प्रस्ताव पेश गरिने छैन ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । यस्तै चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
यस्तै बैठक भत्ता अनुमोदन तथा निर्धारण गर्ने र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु अनुमोदन गरिनेछ ।

