काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्तावसहित नवौं वार्षिक साधारण सभा डाकेको छ ।
उक्त सभा यही पुस २७ गते काठमाण्डौको बागबजारमा रहेको होटल हार्दिकमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभामा हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र संचालक समितिमा सस्थापक समूहवाट प्रतिनिधित्व गर्ने ५ जना, सर्व साधारण समूहवाट प्रतिनिधित्व गर्ने १ जना र स्वतन्त्र समूहवाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको तर्फ वाट अध्यक्षले पेश गर्ने आव २०८१/८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, कम्पनीको आव २०८१/८२ को लेखापरिक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र कम्पनीको आव २०८२/८३ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

