काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीले निर्माण व्यवसायी महासंघको हेटौंडामा आजदेखि सुरु भएको २५ औं साधारण सभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उक्त अवसरमा प्रधानमन्त्री दाहालले अघिल्लो वर्ष सोहि अवधिमा अर्थतन्त्र कमजोर रहेको र अहिले क्रमिक रुपमा सुधार भईरहेको बताएका छन् ।
‘अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो । अहिले अवस्थामा धेरै सुधार भइसक्यो,’ उनले भने ।
उद्घाटन समारोहला्रई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थमन्त्री परिवर्तनसँगै निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको बताए । प्रधानमन्त्रीले पूर्ण रुपमा सम्पन्न भइ्र्ररहेको आयोजनाहरुको बक्यौता भुक्तानी गरिसकेको र स्रोत सुनिश्चिता नभएका योजना निर्माण व्यवसायीसँगको सहमतिमा काम अगाडि नबढाउने बताए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                