काठमाण्डौ । आन्तरिक राजस्व विभागले करदातालाई आय विवरण पुस मसान्त अघिनै आय विवरण दाखिला गर्न आग्रह गरेको छ। विभागका अनुसार, पुस महिनाको अन्त्यतिर प्रणालीमा अत्यधिक चाप हुने भएकाले सो समयमा आय विवरण दाखिला गर्दा कठिनाइ हुनसक्छ।
करदातालाई आग्रह आफ्नो आय विवरण अगावै दाखिला गरी सहयोग पुर्याउन आग्रह गरिएको छ।
साथै, म्याद थप पाएका करदाताले तोकिएको म्यादभित्रै विवरण दाखिला गर्नु पर्ने जानकारी विभागले दिएको छ। म्यादभित्र दाखिला नगरेमा थप ब्याज र जरिवाना लाग्ने विभागले जनाएको छ ।
आवश्यक सहयोग वा समस्या समाधानका लागि करदाताले तलका नम्बरमा सम्पर्क गर्न सक्ने जानकारी विभागले दिएको छः
मोबाइलः ९७६२११८२५८
सम्पर्क नम्बरः ०१–५९७०१७६ २०७–२१६, २२५, २२६
आन्तरिक राजस्व विभागले करदातालाई समयमै विवरण दाखिला गरी कानुनअनुसारको दायित्व पूरा गर्न आह्वान गरेको छ ।

