शुक्रबार, श्रावण २९,२०८३ 06:36:27
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 06:36:27
Bizshala
Global IME Bank Limited

एसबीआई बैंकबाट लुटिएकोमध्ये कति नगद फेला परेको हो ? प्रहरीकै दुई फरक सूचना सन्देहपूर्ण

Prabhu Bank Limited
एसबीआई बैंकबाट लुटिएकोमध्ये कति नगद फेला परेको हो ? प्रहरीकै दुई फरक सूचना सन्देहपूर्ण
New Office

काठमाण्डौ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ स्थित एसबीआई बैंकको शाखाबाट लुटिएकोमध्ये २ करोड १० लाख नगद नजिकैको जंगलमा फेला परेको छ ।  

बोरामा नगद राखेर भाग्दै गरेको अवस्थामा लुटपाटमा संलग्न ४ जनालाई पनि पक्रा गरिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बिजशालालाई बताएका छन् । 

CG Motors

एसपी सुवेदीले १ करोड ८० लाख हाराहारी लुटिएको नगद फेला परेको बताए पनि जिल्ला प्रहरी कार्यालयकै सञ्चार शाखाका एक हवल्दारले भने २ करोड १० लाख नगद फेला परिसकेको दाबी गरेका छन् ।  

एसपी सुवेदी र उनकै नेतृत्वको प्रहरी कार्यालयको सञ्चार शाखाको नगद फेला परेको विषयका दुई फरक फरक दाबी शंकास्पद देखिन्छ । 

एसपी सुवेदीले एसबीआई बैंकको सो शाखाबाट लुटेरा समूहले ३ करोड १० लाख हाराहारी पैसा लुटेको आफूहरुलाई जानकारी प्राप्त भएको समेत बताएका छन् ।  

उनका अनुसार बैंकको सो शाखामा ६ ७ जनाको समूहमा नकाबधारीहरु आएर कर्मचारीलाई नियन्त्रणमा लिएका थिए । बैंकका सुरक्षागार्डलाई आक्रमण गरी गम्भीर घाइते बनाई लुटेरा समूहले बैंक लुटपाट गरेको थियो ।  

लुटेराहरु चढेर आएको गाडी तथा त्यसका चालकलाई हिजै राति प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यो गाडीलाई काभ्रेको बनेपाबाट लगिएको समेत खुलिसकेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X