काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानीमा बढोत्तरी आएसँगै नाफा बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासम्म ९ करोड ६२ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ७८ हजार रुपैयाँ आर्जन गरेको थियो ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत १०१.४८ प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म ५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले २ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको वित्त खर्च समेत घटेको छ । अघिल्लो आवमा २ करोड ३७ लाख रहेको कम्पनीको वित्त खर्च घटेर १ करोड २० लाखमा सीमित बनेको छ । कम्पनीको कर्मचारी सुविधा खर्च ५१ लाख १५ हजार, प्रशासनिक खर्च ३० लाख ४९ हजार र ह्रासकट्टी खर्च १ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भको आकार पनि १ करोड २८ लाखबाट बढेर ६ करोड ६७ लाख पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९६.३१ गुणा र तरलता अनुपात ३.९९ प्रतिशत कायम भएको छ ।

