काठमाण्डौ । इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रोशन शाहले राजीनामा दिएका छन् । शाहले माघ १९ गते राजीनामा दिएका हुन् ।
उनको राजीनामा माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । उनको राजीनामा माघ १९ गतेदेखि नै लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।

