बिहीबार, फाल्गुन २१,२०८२ 04:27:08
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 04:27:08
Bizshala
Global IME Bank Limited

आँखुखोला जलविद्युतको नाफा १४७% ले बढ्यो, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
आँखुखोला जलविद्युतको नाफा १४७% ले बढ्यो, आम्दानी र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा १४७.९३ प्रतिशतले बढी हो।

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ८६ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

कम्पनीका अनुसार, विद्युत बिक्री आम्दानी पनि वृद्धि भएको छ। यस अवधिमा १३ करोड ४४ लाख रुपैयाँको विद्युत बिक्री भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४५.९७ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ९ करोड २१ लाख आर्जन गरेको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको वित्त आम्दानी २८ लाख ८२ हजारबाट बढेर ८९ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने वित्तीय खर्च ४.६८ करोडबाट घटेर ३.२२ करोडमा सीमित भएको छ।

कम्पनीको प्रशासनिक तथा साधारण खर्च ७७ लाख ३८ हजारबाट घटेर ३५ लाख ३६ हजारमा सीमित बनेको छ । यद्यपी कम्पनीको साधारण तथा वितरण खर्च भने १ करोड ८१ लाखबाट बढेर २ करोड १४ लाख पुगेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको कुल चालु सम्पत्ति ७१ करोड ६३ लाख र कुल चालु दायित्व १२ करोड ४० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४ गुणा र तरलता अनुपात ५.७८ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.