काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘नवबर्ष उत्सव’योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम रु ५ सयसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु ७५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलो प्राथमिकताको आधारमा छुट प्रदान गरिनेछ । छुटका लागिग्राहकहरूले दराजबाट बैंक भौचर संलग्न गर्नुपर्नेछ ।
यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
यो चैत २२ गतेदेखि २०८१, बैशाख ६ गतेसम्म लागू हुनेछ ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम. सञ्चालनमा रहेका छन् ।