मंगलवार, श्रावण १९,२०८३ 02:02:52
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:02:52
Bizshala
Global IME Bank Limited

शिखर पावरको आइपीओ बाँडफाँड, पौने २ लाखले पाए १० कित्ता सेयर

शिखर पावरको आइपीओ बाँडफाँड, पौने २ लाखले पाए १० कित्ता सेयर
New Office

काठमाण्डौ । शिखर पावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।  

कम्पनीको आइपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । जसमा ३६ हजार ५०० जनाको ४ लाख २२ हजार २०० कित्ता सेयरमा परेको आवेदन बदर भएको छ ।  

कुल परेको आवेदनमध्ये २६ लाख ५० हजार ८४७ जनाको आवेदन अर्थात् २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि परेको आवेदन सदर भएको छ ।  

कुल सदर आवेदनमध्ये १० कित्ताका दरले १ लाख ८४ हजार २६० जनाले मात्रै सेयर प्राप्त गरेका छन्, भने बाँकी २४ लाख ६६ हजार ५८७ जनाको हात खाली भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.