शुक्रबार, असार १३,२०८२ 12:51:54
  • शुक्रबार, असार १३,२०८२ 12:51:54
Global IME Bank Limited

कानुनी झमेलामा फसे मस्क, ब्राजिलको अदालतले अनुसन्धान गर्ने

Hyundai Nepal
कानुनी झमेलामा फसे मस्क, ब्राजिलको अदालतले अनुसन्धान गर्ने
Nabil Bank Limited

काठमाण्डौ । एलन मस्क र ब्राजिलको सर्वोच्च अदालतबीचको विवाद झन गहिरिएको छ । आइतबार ब्राजिलको सर्वोच्च अदालतले अमेरिकी धनाढ्य तथा एक्स(पहिलेको ट्विटर)का मालिक मस्कविरुद्धको अनुसन्धान सुरु गरेपछि बताएपछि विवाद बढेको हो ।  

मस्कले ब्राजिलको अदालतले बन्द गर्न निर्देशन दिएका अकाउन्टहरु पुनःसक्रिय पार्ने बताए पछि अदालतले अनुसन्धान सुरु गरेको हो । आफुलाई स्वतन्त्र अभिव्यक्तिको पक्षधर बताउने मस्कले ब्राजिलको सर्वोच्च अदालतका प्रधानन्यायधिस अलेक्जेण्डर डि मोराइसको निर्देशनलाई चुनौति दिएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

मस्कले अदालतको निर्णय असंवैधानिक भएको भन्दै बन्द गर्न निर्देशन दिएका सबै अकाउन्टहरुमाथिको प्रतिबन्ध हटाउने बताएका छन् । यसका साथै उनले मोराइसको राजीनामा समेत माग गरेका छन् ।  

कुन सोसल मिडिया अकाउन्टहरु बन्द गर्न निर्देशन दिइएको हो भन्ने बारे भने मस्क र ब्राजिलका अधिकारीहरुले केहि खुलाएका छैनन् ।  

मस्कमाथि एक्स प्लेटफर्मलाई आपराधिक हतियारको रुपमा प्रयोग गरेको विषयमा अनुसन्धान गरिने जनाइएको छ । एक्समार्फत ब्राजिलका पूर्व राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध गलत खबर फैलाएको आरोप लागेको छ । ब्राजिलका एक्स प्रयोगकर्ताले एक्समार्फत गलत र भड्काउन खबर सम्प्रेषण गरेकाले अदालतले ती प्रयोगकर्तामाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.